site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितुवाको आक्रमणबाट डोटीमा पाँचजना घाइते

डडेलधुरा । डोटीमा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् । 

जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर–५, बटालामा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार ४५ वर्षीया स्थानीय देवी बटाला, उनका ४ वर्षका नाती सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी घाइते भएका हुन् । 

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले चार वर्षीया बालक सिद्ध बटाला घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको जानकारी दिए । 

स्थानीयले होहल्ला गरेपछि चितुवा भागेको थियो । तर, जंगलबाट घर फर्किरहेका अन्यलाई चितुवाले फेरि आक्रमण गरेर घाइते बनाएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro