site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमाले– माओवादीको घट्दो मत, हारको जिम्मा कसले लिने ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमाले तेस्रो दल बन्यो । एमालेका महासचिवसहित शीर्ष नेताहरु पराजित भए ।

अनपेक्षित नतिजा आएको भन्दै एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।

त्यतिबेला एमालेमा महासचिव नेतृत्व प्रणाली थियो । तर, काठमाडौं र रौतहट दुवै स्थानबाट पराजित भएका नेपाल संविधानसभा सदस्यमा मनोनीत भएका थिए ।

Agni Group

०६४ मा भर्खर शान्ति प्रक्रियामा आएको दल नेकपा माओवादी केन्द्र पहिलो दल बन्यो । त्यसयताका निर्वाचनमा तेस्रो दलमा नै कायम छ । नेपाल दुई ठूला कम्युनिस्ट पार्टीको मत अघिल्ला चुनावभन्दा घटेको छ ।

०७९ को चुनावमा आइपुग्दा एमालेका महासचिव शंकर पोखरेलसहितका पदाधिकारीहरु पराजित भएका छन् । उता, माओवादीका महासचिव देव गुरुङ पराजित भएका छन् ।

Global Ime bank

पार्टीका महासचिवसहितका पदाधिकारीले चुनाव पराजित हुनु र मत घट्दै जानुबारे दलहरुले गम्भीर समीक्षा गरेका छैनन् । दल र नेताहरुले नैतिकताको प्रश्नको वास्ता नगरेको भन्दै आलोचना पनि हुने गरेको छ ।

०६४ को निर्वाचनमा एमालेले प्रत्यक्षमा ३३ सिट जितेको थियो । समानुपातिकतर्फ एमालेले २१ लाख ८३ हजार ३७० अर्थात् २०.३३ प्रतिशत मत पाएको थियो ।

एमालेबाट समानुपातिक ७० सांसद बनेका थिए । एमालेले कूल १०३ सांसद पाएको थियो ।

शान्ति प्रक्रियामा भर्खर–भर्खर प्रवेश गरेको तत्कालीन एकीकृत नेकपा माओवादी पहिलो दल बन्यो । प्रत्यक्षतर्फ १२० सिट जितेको थियो । समानुपातिकतर्फ ३१ लाख ४४ हजार २०४ मत अर्थात् २९.२८ प्रतिशत मत प्राप्त गरेको थियो । माओवादीले समानुपातिकमा १०० सिट ल्याउँदै कूल २२० सांसदसहितको पहिलो दल बनेको थियो ।

 ५४ वटा दल सहभागी भएको निर्वाचनमा नेपाली कांग्रेस दोस्रो दल बनेको थियो । संविधानसभामा कूल  ६०१ सभासद थिए ।

०७० मा पुग्दा

दोस्रो संविधानसभाको निर्वाचनमा पुग्दा दलहरुको मत परिणाम फेरियो । ०६४ तेस्रो  दल बनेको एमाले ०७० मा दोस्रो दल बन्यो । अघिल्लो चुनावमा पहिलो बनेको माओवादी तेस्रोमा खुम्चियो । नेपाली कांग्रेस कूल २९६ पहिलो दल बनेको थियो ।

अर्थात् कम्युनिस्ट पार्टीहरु पछि परे । एमालेले प्रत्यक्षतर्फ ९१ सिट जित्यो । समानुपातिकतर्फ २२,३९,६०९ अर्थात् २६.७७ प्रतिशत मत प्राप्त गरेको थियो ।  समानुपातिकतर्फ ८४ सहित कूल १७५ सभासद एमालेबाट निर्वाचित भएका थिए ।

माओवादीले प्रत्यक्षतर्फ २६ सिट मात्रै जितेको थियो । समानुुपातिकतर्फ १४, ३९, ६०९ अर्थात् १५.२१ प्रतिशत मत प्राप्त गरी ५४ जना समानुुपातिक सभासद पाएको थियो ।

प्रत्यक्ष र समानुपातिकमा गरी माओवादीले कूल ८० जना सभासद पायो । यो निर्वाचनमा एमालेको मत बढे पनि माओवादीको मत भने निकै घट्यो ।

२०७४ को प्रतिनिधिसभामा

०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीो मत बढ्यो । २७५ सदस्यीय प्रतिनिधिभामा एमाले पहिलो दल बन्यो । कांग्रेस दोस्रो दल बन्दा माओवादी तेस्रोमा नै कायम रह्यो । ०७४ को निर्वाचनमा एमाले र माओवादी वाम गठबन्धनमार्फत् निर्वाचनमा होमिएका थिए ।

एमालेले प्रत्यक्षमा ८० सिट पाएको थियो । माओवादीले ३६ सिट जितेको थियो । समानुपातिकतर्फ एमालेले कूल ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरी ४१ सिट जितेको थियो ।

माओवादीले १३ लाख ३७ हजार ७२१ मत ल्याउँदै १७ सिट जितेको थियो ।

०७९ मा आइपुग्दा

०७९ को निर्वाचनमा आइपुग्दा गठबन्धनको समिकरणमा फेरबदल भयो । एमाले राप्रपा, जसपा लगायतका दलसँग तालमेल गरी निर्वाचनमा होमियो । माओवादी कांग्रेसहितको सत्ता गठनबनधनबाट चुनावमा गएको थियो । एमालेबाट विभाजित भएको माधवकुमार नेतृत्वको एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमार्फत नै चुनावमा होमियो ।

अघिल्लो निर्वाचनमा पहिलो भएको दल एमाले अहिले दोस्रो भएको छ । निर्वाचनमा कांग्रेस प्रत्यक्षमा ५७ सिट जितेर पहिलो पार्टी बनेको छ । माओवादी भने तेस्रोमा नै सिमित भएको छ ।

गठबन्धनमार्फत चुनावमा होमिएको थियो । उसले प्रत्यक्षमा १० सिट पाएको छ । समानुपातिकमा भने २ लाख ९७ हजारबढी मत ल्याए पनि राष्ट्रिय दल बन्ने सम्भावना न्यून छ ।

यो निर्वाचनमा एमालेले प्रत्यक्षमा ४४ सिट जितेको छ भने माओवादीले १८ सिट जितेको छ । अर्थात् एमाले प्रत्यक्षमा अघिल्लो चुनाभन्दा ३६ सिट कम पाएको छ भने माओवादीले ठ्याकै आधा सिट गुमाएको छ ।

समानुपातिकमा दुवै दलको भोट घटेको छ । मतगणना अन्तिम चरणमा पुग्दा हालसम्म एमालेले २८ लाख ३१ हजार २७६ मत प्राप्त गरेको छ । माओवादीले ११ लाख ७० हजार २६२ मत पाएको छ ।  

किन घट्यो मत ?

एमाले– मओवादीको मत घट्दै गएको छ । एमाले उपाध्यक्ष युवराज ज्ञवाली एमालेको मत घट्नुमा आन्तरिक र बाह्य कारण रहेको बताउँछन् ।

“अघिल्लो चुनावमा प्रत्यक्षतर्फ अघिल्लोपटक ८० सिट जितेका थियौं । यो पटक ४४ सिट मात्रै जित्यौं । अहिले पनि समानुपातिकतर्फ ठूलो दल भए पनि धेरै मत घटेको छ,” उनी भन्छन्,“६ प्रतिशत बढाउने टार्गेट थियो । ६ प्रतिशत बढ्ने होइन् उल्टै घट्यो । मत घट्नुमा आन्तरिक र बाह्रय कारण दुवै हो ।”

पार्टीभित्र आत्मकेन्द्रीत प्रवृत्ति हावी भएको भन्दै त्यसलाई सच्याउन जरुरी रहेको ज्ञवालीको भनाइ छ ।

“मत घट्नुको मुख्य कारण त पाँच दलीय गठबन्धन हो । एमाले एकातिर र ५ दल एकातिर भयो । एमालेले तालमले गरेका साना दलको खासै प्रभाव परेन । पार्टी सञ्चालनका क्रममा के–के कमजोरी छन् ? नेता, कार्यकर्ताको चिन्तन प्रवृत्तिमा के– के कमजोरी छन् ? आन्तरिक रुपमा विश्लेषण गर्नुपर्छ ,” ज्ञवालीले बाह्रखरीसँग भने, “हाम्रा काम गर्ने तौरतरिका र कार्यशैली सच्चाउनुपर्छ । कार्र्यकर्ता पंक्ति ठूलो छ, संगठन बृहत छ । पार्टीप्रतिको आस्था निष्ठा कमजोर भएको छ । स्वार्थ र आत्मकेन्द्रीत प्रवृत्ति हावी भएको छ । यी तमाम कुरामा सुधार गर्न आवश्यक छ ।”

पार्टी विभाजन नै वामपन्थीहरुको मत घट्नुको परिणाम भएको उनको निष्कर्ष छ । यो चुनावमा वामपन्थीहरु एक भएर गएको भए दुई तिहाई आउने यो परिणामले देखाएको उनी बताउँछन् ।

“वामपन्थीहरुले नै वामपन्थीलाई हराउन लाग्ने अवस्था बन्यो । यो उचित, उपयुक्त होइन । एउटै लक्ष्य उदेश्य भएका वामपन्थी शक्तिहरु एक अर्कालाई हराउन कांग्रेस लगायत अरुलाई प्रयोग गर्ने र वामपन्थी नै वामपन्थीको शत्रुको रुपमा जानुले मत घटाएको छ,” उनले बाह्रखरीसँग भने,“यो चुनवामा वामपन्थी एकता हुन सकेको भए फेरि वामपन्थीको बहुमत आउथ्यो । अहिले सत्ता गठबन्धन नबनेको भए एमालेले शानदार मत आउथ्यो ।”

संविधानसभा सदस्य तथा नागरिक अगुवा श्याम श्रेष्ठ कम्युनिस्टको मत घट्नु पार्टी विभाजनको दण्डको रुपमा अथ्र्याउछन् । जनता नेताहरु भन्दा अग्रगामी भएको उनको ठम्याइ छ ।

“जनतालाई दिएको वचन पालना गरेनन् । दुईतिहाइको मत दिदा पनि पार्टी फुटाए । त्यसो हुनाले जनताले दिएको दण्ड पनि हो । अहिले पनि एमाले र माओवादी मिलेको भए स्पष्ट बहुमत आउथ्यो,” उनको विश्लेषण छ,“ नेपालका जनता परिवर्तनकारी हुन् । नेताभन्दा जनता अग्रगामी देखिन्छ । जनताले चेतावनी दिएका छन् । पार्टीहरु सच्चिनुपर्छ ।”

जिम्मेवारी लिनुपर्दैन ?

एमाले उपाध्यक्ष ज्ञवाली मतपरिणामबारे वामपन्थीहरुले आत्मसमीक्षा गर्नुपर्ने बताउछन् ।

“वामपन्थीको पक्षमा जनमत बढी छ । एक अर्काको शत्रु भएर वामपन्थीहरु किन हिडिरहेका छन् ? यो गम्भिर आत्मसमिक्षाको विषय हो । एमालेले मात्रै आत्मसमीक्षा गरेर हुँदैन । सबैले गर्नुपर्छ । आग्रह पूर्वाग्रहबाट मुक्त हुनुपर्छ,” उनले भने ।

नागरिक अगुवा श्रेष्ठ नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँछन् । ०६४ को निर्वाचनमा माधव नेपालले राजीनामा दिएपछिका चुनावमा कसैले त्यसलाई पछ्याउन नसकेको उनको भनाइ छ ।

“०६४ को चुनावमा एमालेको ज्यादै सानो साइज आएपछि माधव नेपालले राजीनामा दिएका थिए । त्यो नैतिकताको कुरा थियो । त्यो चलनलाई सबै पार्टीले कायम गर्नुपथ्र्याे ,” उनी भन्छ्न्, “तर, पछि हारेका नेपाललाई संविधानसभामा ल्याए । त्यो गलत कुरा थिए । हारेपछि जिम्मेवारी लिने चलन नै छैन ।”

श्रेष्ठ अहिलेको चुनावमा एमाले र माओवादीको साइज घटे पनि त्यसको जिम्मा नलिएर जनताप्रतिको दायित्व बोध नगरेको बताउँछन् ।

“प्रत्यक्षतर्फ एमाले र माओवादीको साइज आधा नै घटेको छ । समानुपातिकमा पनि निकै घटेको छ । एमाले र माओवादीका महासचिवले चुनाव हारेका छन् । कसैले जिम्मेवारी लिएको देखिँदैन । यी दलले आत्मसमीक्षा गर्नुपर्छ । मुख्य नेताहरुले हार्दा पनि जिम्मेवारी नलिएर जनताप्रतिको दायित्व बोध नै गरेको देखिएन्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC