site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसीको सहयोगमा बन्ने ३१५ किलोमिटर ट्रान्समिसन लाइन बनाउन ३० अर्बको ठेक्का आह्वान

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सहयोगमा बन्न लागेको प्रसारण लाइनको टेन्डर आह्वान भएको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले ३१५ किलोमिटर ट्रान्समिसन लाइन बनाउन टेन्डर आह्वान गरेको हो ।

एमसीसीको सहयोगमा बन्ने ३१५ किलोमिटर ट्रान्समिसन लाइन बनाउन ३० अर्बको ठेक्का आह्वान टेन्डरको सम्पूर्ण प्रक्रिया पूरा भएपछि प्रसारण लाइनसम्बन्धी ३१५ किलोमिटरको लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन बन्नेछ ।  

एमसीए नेपालका सूचना अधिकारी राजीव दाहालले ३१५ किलोमिटर ट्रान्समिसन लाइन बनाउन टेन्डर आह्वान भएको जानकारी दिए । “१२० दिनको समय सीमा तोकेर टेन्डर आह्वान भएको छ,” दाहालले भने, “३१५ किलोमिटर ट्रान्समिसन लाइनलाई तीनवटा फेजमा विभाजन गरिएको छ ।”

एमसीएले लब्सीफेदी हेटौंडा ११७ किलोमिटरलाई पहिलो खण्ड, दोस्रो खण्डमा रातमाटे न्यू दमौली ९० किलोमिटर तथा दमौलीबाट नेपाल भारतको बोर्डर सुनौली बोर्डर १०८ किलोमिटर प्रसारण लाइनलाई तेस्रो खण्डमा विभाजन गरेर टेन्डर निकालेको हो । 

१२० दिन समयसीमा तोकिएको टेन्डरमा काम गर्न इच्छुक कम्पनीले बोलपत्रमा सहभागी हुनुपर्ने छ । कम्पनीले बोलपत्र पेस गरेपछि एमसीए नेपालले उनीहरूको प्राविधिक मूल्यांकन गर्नेछ । प्राविधिक मूल्यांकनमा पास भएका कम्पनीले वित्तीय प्रस्ताव पेस गर्नेछन् । जसमा बोलपत्रको नियमानुसार सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीले ठेक्का पाउनेछ ।
 
एमसीए नेपालले तीनवटा फेजमध्ये दुई फेजमा एउटा कम्पनीले काम गर्न सक्ने जनाएको छ । 

एमसीए नेपालले आगामी अगस्टसम्म निर्माण कम्पनीसँग प्रसारण लाइनका लागि ठेक्का सम्झौता हुने तयारी गरेको छ । एमसीसी अन्तर्गत अमेरिकाबाट ५० करोड अमेरिकी डलर अनुदान आउनेछ । योजनामा सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्नेछ ।
 
एमसीसीबाट आउने पैसाबाट विद्युत् प्रसारण लाइन तथा एक सय किलोमिटर सडक निर्माण गर्नेछ । 

प्रसारण लाइनका लागि २२ करोड ८२ लाख ४७ हजार ३ सय अमेरिकी डलर (२९ अर्ब ९३ करोड रुपैयाँ) अहिलेको विनिमयदर अनुसार पैसा खर्च हुनेछ ।
 
सबस्टेशनका लागि ११ करोड ४० लाख २२ हजार रुपैयाँ (१४ अर्ब ९५ अर्ब) अहिलेको विनियमदर अनुसार लाग्ने अनुमान छ ।

आयोजनाका लागि चाहिने जग्गा अधिग्रहणको काम करिब सकिएको छ । आयोजनाको ठेक्का लागेपछि ५ वर्षभित्र आयोजना सक्नुपर्छ । त्यो नभएमा एमसीसीले थप पैसा दिने छैन । 

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro