site stats
बाह्रखरी :: Baahrakhari
विदेश
उत्तर कोरियाली नेता किमकी छाेरी जु पुनः सार्वजनिक भइन्

साेल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी पुत्री पुनः सार्वजनिक भएकी छन् ।

यसपटक क्षेप्यास्त्र वैज्ञानिकहरू र पिता किमकासाथ उनी बाबुको 'सबैभन्दा प्रिय' वा 'अमूल्य' बच्चीको उपाधिसहित सार्वजनिक भएकी हुन् ।

उनी करिब १० वर्षकी भइन् । तर, उनका साहसिक तस्बिरहरूले कतै उनलाई उत्तर कोरियामा किमका उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएकाे त छैन भन्नबारे गहन बहस हुन थालेको छ । 

९-१० वर्षीया जु ए किमकी दोस्राे सन्तान हुनुपर्ने विश्वास गरिएको छ । उनलाई गतसाता पहिलोपटक विश्व सामु सार्वजनिक गरिएको हो । आफ्ना मातापिता र अन्य वरिष्ठ कोरियाली अधिकारीहरूबीच प्योङयाङको अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण हेरिरहेको अवस्थाका उनका तस्बिरहरू सञ्चार माध्यमले बाहिर ल्याएका थिए ।

उनी तस्बिरहरूमा विशाल क्षेप्यास्त्र नजिक आफना पिता किमसँग सेतो कोट र रातो जुत्ता लगाएर हिँडिरहेको अवस्थामा देखिएकी थिइन् । 

आइतबार उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार जु र किमले ह्वासोङ–१७ अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपणमा सरिक वैज्ञानिक, अधिकारी र अन्य व्यक्तिहसरूसँग सामूहिक तस्बिर खिचाएका हुन् । लामो कालो कोट लगाएकी जुले एउटा तस्बिरमा आफ्नो पिताको पाखुरा समाएर बसेकी छन् । एपीबाट 
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  २३:०२