site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनमा प्रदर्शनकारीहरुले मागे राष्ट्रपति सी चिनफिङको राजीनामा
Ghorahi CementGhorahi Cement

बेइजिङ । चीनमा कोभिड संक्रमण नियन्त्रणका लागि सरकारको पालना गरेको कडा नीतिहरुविरुद्ध विरोध प्रदर्शन बढ्न थालेको छ । तीमध्ये केही प्रदर्शनकारीले सार्वजनिक रुपमै कम्युनिस्ट पार्टीका नेताहरु माथि रिस पोख्न थालेका छन् । 

सांघाई सहरमा हजारांँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । बीबीसीका पत्रकारहरुले त्यहाँ थुप्रै प्रदर्शनकारीलाई प्रहरीका कारमा कोचिएको प्रत्यक्ष देखेका छन् ।
 
विद्यार्थीहरुले पनि बेइजिङ र नानजिङका विश्वविद्यालयहरुमा कोभिडसम्बन्धी कडा नीतिविरुद्ध विरोध प्रदर्शन गरेका छन् । चीनको विकट उत्तर–पश्चिमी सहर उरुम्कीमा प्रदर्शन भएयता पछिल्लो अस्थिरता सुरु भएको हो । सो सहरमा एउटा टावर ब्लकमा आगलागि भएर १० जना मानिसको ज्यान जानुपछाडि लकडाउनका नियमहरुलाई दोष दिइएको थियो । 

Agni Group

तर, चिनियाँ स्थानीय प्रशासनले भने ती व्यक्तिका मृत्युको कोभिडको कडा नियमसँग कुनै सरोकार नरहेको जनाएको छ । 

उरुम्कीका अधिकारीहरुले हालै एउटा विज्ञप्ति जारी गर्दै बिस्तारै कडा नियमहरु हटाउँदै त्यहाँ शान्ति र स्थिरता पुनःस्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । 

Global Ime bank

यसैगरी, शनिबार बेलुका चीनकै सबैभन्दा ठूलो सहर सांघाईमा भएको प्रदर्शनमा मानिसहरुले खुलेरै “सी चिनफिङ राजीनामा देउ” र “कम्युनिस्ट पार्टी राजीनामा देउ” जस्ता नारा लगाएका बीबीसीले लेखेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  २०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC