
काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिकामा–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा मंसिर ४ गते निर्वाचनका दिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता चेतन ऐडीका ‘हत्या’ भएको थियो । हत्यामा संलग्न आरोपिहरूलाई सार्वजनिक गरी उनीहरूलाई कारबाहीकाे माग गर्दै अनेरास्ववियूले आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
नाटेश्वरी मतदान केन्द्रमा चेतन ऐडी मतदान प्रतिनिधिका रूपमा खटिएका बेला भएको विवाद मतदान सकिएपछि ऐडीको घरमै गएर नेपाली कांग्रेसका नेताकार्यकर्ताहरूले उनकाे हत्या गरेको बाजुरा एमालेको आरोप छ ।
हत्या गरिएका ऐडी अनेरास्ववियूका केन्द्रीय कमिटी सचिवालय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालयका राष्ट्रिय कमिटी अध्यक्ष हुन् ।
आफ्ना विद्यार्थी नेताको हत्या गर्नेहरूलाई सार्वजनिक गर्दै कडा भन्दा कडा कानुनी कार्वाहीको माग गर्दै अनेरास्ववियू आज प्रदर्शन गरेको हो ।