site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्यमन्त्री बनेकाहरू : कोही संघमा निर्वाचित कोही पराजित 
Tiktok banner adTiktok banner ad

काठमाडौं । २०७४ को निर्वाचनमा मुख्यमन्त्री बन्न प्रदेश झरेका केही नेताहरूले यसपटक प्रतिनिधिसभा नै रोजे । तर, केही नेता मुख्यमन्त्री बन्ने योजनामा संघ छाडेर प्रदेशमा पुगेका छन् ।
 
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा आउँदै गर्दा मुख्यमन्त्री भइसकेका नेताहरू कोही प्रदेशमा नै दोहोरिएका छन् । कोही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए भने कोही पराजित भएका छन् । 

प्रदेश–१ : राजेन्द्र राई दोहोरिए, शेरधन संघमा पराजित 
प्रदेश–१ का बहालवाला मुख्यमन्त्री राजेन्द्र राई प्रदेशमा दोहोरिएका छन् । एकीकृत समाजवादीका सचिवसमेत रहेका उनी भोजपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । उनी एमालेका हरिबहादुर राईलाई पराजित गर्दै १६ हजार ११० मतसहित निर्वाचित भएका हुन् । पराजित भएका एमालेका राईले १२ हजार २२३ मत पाए ।
 
पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुरबाट संघीय निर्वाचनमा होमिएका थिए । नेकपा एमालेकोे तर्फबाट उमेदवार बनेका उनी माओवादीका सुदन किराँतीसँग पराजित भए । निर्वाचन आयोगका अनुसार किराँती २८ हजार ५७८ मत ल्याएर निर्वाचित हुँदा राईले २६ हजार १९३ मत पाए ।
 
पूर्वमुख्यमन्त्री भीम आचार्य प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर २ मा प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन् । उनी कांग्रेसका सिताराम मेहताभन्दा अगाडि रहेका छन् ।

मधेस प्रदेश : दोहोरिए राउत 
मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत प्रदेशसभा सदस्यमा दोहोरिएका छन् । पर्सा क्षेत्र नं. १ (ख) मा जनता समाजवादी पार्टी (जसपा)का उमेदवार राउत ७ हजार ५४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार रामनारायण कुर्मीले ६ हजार २१२ मत पाए ।

वाग्मती प्रदेश : प्रतिनिधिसभामा चुनिए पाण्डे 
वाग्मती प्रदेशका बहालवाला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्षसमेत रहेका पाण्डे एमालेका भूमिप्रसाद त्रिपाठीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । 
उनले ३५ हजार ९३४ मत ल्याउँदा त्रिपाठीले २७ हजार ९५३ मत ल्याएका छन् ।  

वाग्मतीका पूर्वमुख्यमन्त्री द्वय डोरमणि पौडेल र एमाले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यले भने यो निर्वाचननै लडेनन् । 

गण्डकी : माओवादी महासचिवलाई हराउँदै सांसद बने पृथ्वी 
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उमेदवार बनेका नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गर्दैै उनी निर्वाचित भएका हुन् । 

पृथ्वी ३४ हजार ९८५ मत ल्याएर निर्वाचित हुँदा देवले ३१ हजार ७९१ मत ल्याए ।

बहालवाला मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल भने चुनाव नै लडेनन् । उनले प्रतिनिधिसभामा आकांक्षा देखाएका थिए । तर, टिकट पाएनन् । 

बहालवाला मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले  यसपटक चुनाव लडेनन् । 

लुम्बिनी : शंकर संघमा पराजित 
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेल यसपटक प्रतिनिधिसभाको निर्वाचनमा होमिएका थिए । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार बनेका पोखरेल नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भएका हुन् । उनी शर्मासँग १९३ मतान्तरले पराजित भए । शर्माले २६ हजार ८८० मत पाउँदा पोखरेलको पक्षमा २६ हजार ६८७ मत खसेको थियो । 
 
लुम्बिनीका बहालवाला मुख्यमन्त्री कूलप्रसाद केसीले भने टिकट नै पाएनन् । नेकपा माओवादी केन्द्रका नेता केसी गठबन्धनको भागबण्डा मिलाउँदा चुनाव लड्नबाट बञ्चित भए ।

कर्णाली प्रदेश : महेन्द्र संघमा, जीवन प्रदेशमा 
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेशसभामा दोहोरिएका छन् । नेपाली कांग्रेसका नेता शाही एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै हुम्ला १ (ख) मा निर्वाचित भए ।

शाहीले ६ हजार ८४४ मत ल्याउँदा अघिल्लो पटक प्रतिनिधिसभा सांसद बनेका लामाले २ हजार ८२८ मत पाए ।  

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही भने प्रतिनिधिसभामा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका नेता शाही कालिकोट २३ हजार ७२७ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नगिन्द्र शाहीले १६ हजार ७१८ मत पाए । 
 
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट् निर्वाचन नै लडेनन् । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका भट्टले टिकट पाएनन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro