
न्युयोर्क । ट्विटरका नयाँ मालिक तथा विश्वकै सर्वाधिक धनी अर्बपति एलोन मस्कले आगामी सातादेखि ट्विटरका केही निलम्बित एकाउन्ट (प्रयोकर्ता)लाई औपचारिक रूपमा 'आम माफी' दिने बताएका छन् ।
बुधबार मस्कले ट्विटर प्रयोगकर्ताहरूलाई 'कानुन उल्लंघन नगरेका वा गम्भीर स्पाममा संलग्न प्रयोगकर्ताहरूलाई सामाजिक सञ्चाल प्लेटफर्ममा फर्कन दिनुपर्छ कि ?' भन्ने प्रश्नसहित गराएको सर्वेक्षणपछि उनले उक्त घोषणा गरेका हुन् ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसहित थुप्रै प्रयोगकर्ताका एकाउन्ट मस्कले यसअघि नै पुन: सुचारु गरिसकेका छन् ।
मस्कले गत महिना मात्र ४४ अर्ब अमेरिकी डलर तिरेर ट्विटर किनेका हुन् । मस्कको सर्वेक्षणमा ३१ लाख भन्दा बढी ट्विटर प्रयोगकर्ताहरूले भाग लिएका छन् ।
उनीहरूमध्ये ७२ दशमलब ४ प्रतिशतले प्रश्नमा सहमति जनाएका थिए ।
एघार करोड ८७ लाख फलोअर रहेका मस्कले पछि ल्याटिन वाक्यांश 'जनताको आवाज नै भगवानको आवाज हो,' प्रयोग गर्दै ट्विट गरेका थिए ।
तर, मस्कले क्षमादानको प्रक्रिया कसरी कार्यान्वयन गरिने हो भन्नेबारे विस्तृत विवरण खुलाएका छैनन् ।
शनिबार यस्तै एक सर्वेक्षण पछि मस्कले ट्रम्पको एकाउन्ट सुचारु गरेका थिए ।
तर पहिले नै 'यसका लागि आफूले कुनै कारण नै नदेखेको' प्रतिक्रिया दिइसकेका ट्रम्प यस प्लेटफर्ममा फर्कने सम्भावना न्यून छ ।
बीबीसीबाट ।