
नयाँदिल्ली । भारतीय प्रहरीले लागुऔषध धन्धा गर्ने डिलरहरूबाट जफत गरी प्रहरी चाैकीमा राखिएकाे करिब दुईसय किलोग्राम भाङ छुचुन्द्रोले नष्ट पारेको जनाएको छ ।
उत्तर प्रदेश राज्यको एक अदालतले भनेको छ, “छुचुन्द्रो साना जीव हुन् र तिनीहरूलाई प्रहरीको कुनै डर छैन । तिनीहरूबाट लागुऔषध जोगाउन कठिन छ ।”
अदालतले प्रहरीलाई लागुऔषध ओसारपाेसारका मुद्दामा प्रमाणका रूपमा जफत गरिएका लागुऔषध पेस गर्न आदेश दिएको थियो ।
न्यायाधीशले तीनवटा मुद्दामा छुचुन्द्रोले गाँजा तथा भाङ छुचुन्द्रोले नष्ट गरेको जनाएका छन् । न्यायाधीश संजय चौधरीले प्रहरीलाई प्रमाण पेस गर्न अनुरोध गर्दा १९५ किलोग्राम लागुऔषध छुचुन्द्रोले नष्ट गरेको जवाफ पाएको बताएका छन् ।
उनले ३८६ केजी भाङको दोस्राे मुद्दा र ७०० केजीकाे गाँजाको तेस्राे मुद्दामा पनि छुचुन्द्रोकै समस्या आइपरेको बताएका छन् ।
सन् २०१८ मा यसरी नै मुसाले प्रहरीको भण्डारगृहमा राखिएको आधा टन भाङ खाए भन्ने अर्जेन्टिनाका आठजना प्रहरी अधिकारीले जागिर गुमाउनु परेको थियो ।
विशेषज्ञहरूले मुसाले सामान्य खाना र भाङ छुट्याउन नसक्ने तथ्य अस्वभाविक भएको र यदि त्यस्तै भएको खण्डमा थुप्रै मरेका मुसा भण्डारमा भेटिनुपर्ने तर्क अघि सारेका थिए । बीबीसीबाट