site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मैदानबाहिर चर्चा कमाएका जापानी समर्थक
Sarbottam CementSarbottam Cement

 काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा बुधबार खलिफा अन्तर्राष्ट्रिय रंगशालामा जापानले आफ्नो पहिलो खेलमा चारपटकको विश्वविजेता जर्मनीलाई २–१ ले पराजित गर्यो । यो जित जापानी फुटबल टिमले विश्वकप जितिसकेको टिमविरुद्ध निकालेको अहिलेसम्मकै उत्कृष्ट नतिजा थियो ।

विश्वकपको चारपटकको च्याम्पियनलाई हराउनु जापानी समर्थकका लागि सानो कुुरा थिएन । तर, उनीहरुले यो खुसीलाई बिल्कुलै फरक अन्दाजमा मनाए । आदर्शताका लागि विश्वमै परिचित जापानी समर्थकले जितपछि पूरा खलिफा रंगशाला सफा गरे । उनीहरुको यो कार्यले अहिले विश्वभरका फुटबल समर्थकको ध्यान खिचेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसो त जापानी समर्थकले खेलपछि रंगशाला सफा गरेर स्वच्छताको सन्देश दिएको यो पहिलो घटना भने होइन । यसअघि रुसमा भएको २०१८ को विश्वकपमा पनि जापानी समर्थकले खेलपछि रंगशाला सफा गर्ने गरेका थिए ।

जापानीहरुको संस्कृतिअनुसार उनीहरुलाई सानैदेखि स्वच्छताबारे सिकाइने गरिन्छ । २०१८ मा ओसाका विश्वविद्यालयका प्राध्यापक स्कट नर्थले जापानीहरुको यो कार्य ‘आफ्नो जीवनशैली गौरव गर्नु’ भन्ने सन्देशको भएको बताएका थिए । 

Global Ime bank

“रंगशाला सफा गर्नु उनीहरुलाई विद्यालयमा सिकाइएको आधारभूत ज्ञानको विस्तार हो । जहाँ उनीहरुलाई विद्यालयका कक्षाकोठा र हलहरु आफै सफा गर्नुपर्ने कुरा सिकाइन्छ,” प्राध्यापक नर्थले भनेका थिए ।

विश्वकपको समूह ‘ई’ रहेको जापानले अब आइतबार कोस्टारिका र बिहीबार स्पेनसँग खेल्नेछ ।

japan-fan (1)1669287676.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC