site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सीके राउत निर्वाचित, उपेन्द्र यादवको कमजोर पराजय
फाइल तस्बिर ।

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत विजयी भएका छन् । राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

बुधबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गरे । राउतले ३५ हजार ४२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी यादवले १६ हजार ९७८ मत पाए ।

योसँगै सप्तरी–२ मा पुरानो इतिहास कायमै रह्यो । यो क्षेत्रबाट ०५६ सालयता दोहोरिएर कोही पनि उमेदवार विजयी भएको रेकर्ड छैन ।

Himalayan Bank
Dabur nepal
Agni Group

०५६ मा तत्कालीन सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष गजेन्द्रनाराण सिंह नेपाली कांग्रेसका उमेदवार रामकुमार चौधरीसँग १७ मतान्तरले पराजित भएका थिए ।

यही मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी–२ मा ६४ हजार ५६० मत खसेको थियो । यहाँको कुल मतदाता संख्या ९५ हजार ३८४ हो ।

Global bank

प्रदेशसभातर्फ पनि जनमतको कब्जा
सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा र दुवै प्रदेशसभातर्फका गरी तीन सिटमा जनमत पार्टीले कब्जा जमाएको छ । जनमत सप्तरी–२ मा ‘क्लिन स्वीप’ गर्न सफल भएको हो ।

सप्तरी–२ ‘क’बाट जनमत पार्टीका सतिशकुमार सिंह विजयी भएका छन् । ‘ख’बाट जनमतकै उमेदवार महेशप्रसाद यादव मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

सप्तरी–२ ‘क’बाट सिंहले जनता समाजवादी पार्टी (जसपा)का उमेदवार एवं मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई फराकिलो मतान्तरले पराजित गरे । सिंहले १६ हजार ७३४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी साहले आठ हजार २९२ मत ल्याए ।

सप्तरी–२ ‘ख’बाट जनमतकै उमेदवार यादवले १३ हजार ३२५ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार उमेशकुमार यादवले सात हजार २३ मत ल्याए ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय