site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सप्तरी–२ को मतगणना रोकियो, जसपाका कार्यकर्ता धर्नामा

सप्तरी । सप्तरी–२ को मतगणना कार्य रोकिएको छ । 

३९ हजार ८१९ मत गणना भइसकेपछि जनता समाजवादी पार्टी (जसपा)का नेता कार्यकर्ताहरूले मतपेटिकाको सिल नमिलेको भन्दै आपत्ति जनाएपछि मतगणना कार्य रोकिएको हो ।

जसपाका कार्यकर्ताले आफूहरूले टिपेको सिल नम्बर र यहाँ भएको सिल नम्बर नमिलेको दाबी गर्दै नाराबाजी गरेपछि गणनाकार्य रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Himalayan Bank
Dabur nepal
Agni Group

जसपाका नेता कार्यकर्तासहित लोसपाका नेता शम्भु यादव पनि धर्नामा बसेका छन् । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पनि मत गणना कार्य रोकिएको र अहिले मिलाउने प्रयास भइरहेको बताए ।

Global bank

"उमेदवारका प्रतिनिधिसँग भएको सिल नम्बर र यहाँ भएको सिलमा शंका छ भन्ने उहाँहरूको कुरा आएको छ । उहाँहरूले कहाँ यस्तो भयो भन्ने पनि देखाउन सकिरहनुभएको छैन । निर्वाचन आयोगबाट मुख्य निर्वाचन अधिकृतलाई पठाएको ओसी मिलाएर त्यो ओसी र मतपेटिकामा गरेका सिलहरूको भेरिफाई हुने गरेको तर उनीहरूले हामीले टिपेकोमा भेरिफाई हुनुपर्छ भनिरहेका छन्," थापाले भने ।

मंगलबार राति ८ बजेसम्म ३९ हजार ८१९ मतको गणना भएको छ । जसमा १ हजार ९९० मत बदर भएको छ । आइतबार भएको निर्वाचनमा क्षेत्र नम्बर २ को कुल ९५ हजार ३९४ मतदातामध्ये ६४ हजार ५६० मत खसेको थियो । 

मंगलबार राति ८ बजेसम्मको परिणाम अनुसार जनमत पार्टीका सीके राउतले २१ हजार ६१७ मत प्राप्त गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले १० हजार ८८७ मत पाएका छन् । लोसपाका जयप्रकाश ठाकुरले चार हजार ४५८ मत प्राप्त गरेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  २३:२३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय