राजनीति
काठमाडौं । काठमाडौं–१० 'क' मा नेपाली कांग्रेसका पुकार महर्जन प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले १० हजार ८२ मत ल्याएर जित हासिल गरेका हुन् ।
उनका प्रतिस्पर्धी राप्रपाका उमेशराज सापकोटाले सात हजार ४०० मत पाएका छन् । सत्ता गठबन्धनले उमेदवार बनाएका माओवादीका दीलिप महर्जन भने ३६०० मतमा सीमित भएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ २१:१४
प्रतिक्रिया दिनुहोस्