संसद् निर्वाचन २०७९,राजनीति
सप्तरीमा जनमतको खाता खुल्यो, प्रदेशसभामा महेश विजयी
सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार महेश प्रसाद यादव विजयी भएका छन् । योसँगै जनमत पार्टीको खाता खुलेको हो ।
उनी १३ हजार ३२५ मत ल्याई विजयी भएका हुन् । यादवका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार उमेशकुमार यादवले ७ हजार २३ मत ल्याए ।
विजयी भएका यादव लामो समय देखि माओवादी केन्द्रमा रहेर राजनीति गरेका थिए । अहिलेका निकटतम प्रतिद्वन्द्वी उमेश पनि उनी सँगै माओवादीमा सक्रिय राजनीति गरेका व्यक्ति हुन् ।
यसपालिको निर्वाचनमा माओवादीले महेशलाई टिकट नदिएपछि उनी जनमत पार्टीबाट उम्मेदवारी दिएर विजयी भए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १२:३२