site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
बाजुरामा गोली चल्यो, एकजनाको मृत्यु, तीन घाइते 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धनगढी । बाजुरामा गोली चल्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर–७, नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एकजनाको मृत्यु भएको प्रत्यक्षदर्शी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रनसहि ऐडीले जानकारी दिए ।

स्थानीय सन्जीव ऐडीको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको उनले बताए । अहिले त्यहाँका अवस्था त्रासपूर्ण छ । स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

हातमा गोली लागेर घाइते भएका पर्शुराम उपाध्यायलाई हेलिकप्टरमार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ भने अर्का एक पनि घाइते भएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्