site stats
अर्थ व्यवसाय
मतदानको दिन आन्तरिकतर्फ चार्टर्ड उडान मात्र
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्र हुने विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चारवटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एयरले लुक्लाबाट काठमाडौं पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ ।

NMB Bank
Dabur nepal
Agani Group

हेलिकोप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ ।

अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका प्रवक्ता सिटौलाले बताए । आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । रासस

Global bank

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय