site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मतदाताले पनि मलाई नै अनुमोदन गर्नेछन् 
Sarbottam CementSarbottam Cement

धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका नेपाली कांग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद चुनावी अभियानमा व्यस्त छन् । संसदीय निर्वाचनमा साउद ०५१ देखि निरन्तर प्रतिस्पर्धा छन् । उनले ०५१, ०५६, ०६४, ०७० र ०७४ मा कञ्चनपुरबाट प्रतिस्पर्धा गरे । ०५६ र ०७० मा दुईपटक मात्र विजयी भएका थिए । अहिले फेरि प्रतिस्पर्धामा छन् ।

उनी बाह्रखरीले अनुमोदन गरेका २५ उमदेवारको सूचीमा परेका छन् । सूचीमा आफ्नो नाम समेत समावेश भएकामा धन्यवाद दिँदै उनले यस क्षेत्रको मतदाताले पनि आफूलाई अनुमोदन गरेर सांसदका रूपमा प्रतिनिधिसभा पठाउने बताए । उनले आफ्नो पक्षमा उत्साह देखिएको उनले बताए ।

कञ्चनपुर–२ मा आरक्षपीडित र बाढीपीडितका समस्या जल्दाबल्दा छन् । त्यहाँ जंगली जनावरको आतंकको समस्या पनि छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेता साउद अहिले बिहान ५ बजे उठेर कार्यकर्तासित भेटघाटमा व्यस्त हुन्छन् । बेलुका ८ बजेसम्म चुनावी सभा, मतदाताको घरदैलोमा सहभागी हुने गरेको उनका सचिवालय सदस्य उत्तम साउदले बताए ।

एनपी साउदको अहिले खाना, नास्ता पनि मतदाताको घरमै अथवा मेसमै हुने गरेको छ । मतदाता भेटघाट र घरदैलोपछि उनी राति १२ बजेतिर मात्र आफ्नो घर पुग्ने गरेका छन् ।

Global Ime bank

कञ्चनपुरको महेन्द्रनगर माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत रहँदा साउद नेविसंघमा आबद्ध भएर विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा प्रवेश गरेका हुन् । उनी ०३६ सालमा महेन्द्रनगर माविको नेविसंघ इकाइ सचिव भए । सिद्धनाथ विज्ञान क्याम्पसमा आईएस्सी पढ्दै गर्दा साउद स्ववियू सचिवमा निर्वाचित भएका थिए ।

उच्च शिक्षाका लागि काठमाडौं गएपछि ०४१ मा नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित भए । प्रजातन्त्र पुनःस्थापनापछि ०४८ असोजमा भएको महाधिवेशनबाट साउद नेविसंघको अध्यक्ष चुनिए । त्यस बेला उनी २६ वर्षका थिए । सो कार्यकाल सकिएपछि उनी पार्टी राजनीतिमा लागे ।

शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएपछि उनी त्यसको केन्द्रीय सदस्य बने । ०६४ मा कांग्रेस एकीकरण हुँदा पनि उनी केन्द्रीय सदस्य नै भएका थिए । पार्टीको १२औँ, १३औँ र १४औँ महाधिवेशनबाट लगातार केन्द्रीय सदस्यमा निर्वाचित भए । उनी ०५६ मा शिक्षा राज्यमन्त्री र ०७० मा सिँचाइमन्त्री समेत भइसकेका छन् ।

०७४ को संसदीय निर्वाचनमा साउद नेकपा (एमाले)का नरबहादुर धामीसित पराजित भएका थिए । योपटक पनि यी दुई नेता प्रतिस्पर्धामा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC