site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मतदानको दिन नजिकिँदै जाँदा फाटफुट झडप र बल प्रयोगका घटना पनि हुन थालेका छन् । यस्तो उद्दण्ड प्रवृत्ति तत्काल रोकिएन भने कुनै पनि समय अप्रिय घटना हुनसक्छ । 

चुनावमा जनशक्ति प्रदर्शन जति स्वाभाविक मानिन्छ बाहुबलको प्रयोग उत्तिकै आपत्तिजनक ठानिन्छ । यद्यपि, जनशक्ति प्रदर्शनको समेत सीमा निर्धारण गरिएको हुन्छ र त्यसको उल्लङ्घन गर्न पाइँदैन । 

परन्तु, सत्ताका व्यसनीहरू निर्वाचनजस्तो लोकतान्त्रिक अभ्यासमा पनि जालझेल र बल प्रयोग गर्न हिचकिचाउँदैनन् । नेपालका सत्ता व्यसनीहरू पनि चुनाव बल प्रयोगका मामिलामा अपवाद बन्न सकेका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उमेदवार र तिनका समर्थकले चुनाव जित्न चाहनु स्वाभाविकै हो । तर, जसरी पनि चुनाव जित्न खोज्नु भने भने कानुनी र नैतिक दुवै दृष्टिबाट दण्डनीय अपराध हो । 

राजनीति गर्नेहरूले भने यस्ता हर्कतलाई अपराध ठान्ने गरेको देखिँएन । सम्भवतः अहिले देखिएको फाटफुट हिंसात्मक क्रियाकलाप यही जसरी पनि जित्न खोज्ने मानसिकताको उदाहरण हो । 

Global Ime bank

लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने हो भने कसैले पनि हिंसाको समर्थन वा ढाकछोप गर्नु हुँदैन । कुनै पनि आधारमा निर्वाचनमा हुने हिंसाको औचित्य सिद्ध गर्न सकिँदैन । 

यसैले राजनीतिक दलका नेताहरूले आफ्ना कार्यकर्ता र समर्थकलाई संयमित हुन निर्देशन दिनुपर्छ । दुर्भाग्य, ठूला भनिएका प्रायः सबै दलका नेताले कार्यकर्तालाई ‘जसरी पनि जित्न’ उत्प्रेरित गरेको देखिन्छ । 

नेताहरूबाट अपेक्षा नभएकाले लोकतन्त्रविरुद्ध हुने हुलदंगा रोक्न जनता स्वयं नै अगाडि सर्नुपर्ने देखिएको छ । लोकतन्त्रको रक्षाका लागि चुनावलाई स्वतन्त्र र निष्पक्ष बनाउने दायित्व जनताको पनि हो ।

निर्वाचनमा हुने हिंसा बढ्दै गए लोकतन्त्र नै बाहुबलीले अपहरण गर्न सक्छन् भने हिंसाको विरोध गर्दा लोकतन्त्रको संरक्षण र संवर्धन हुन्छ । यसैले सबै लोकतन्त्रवादी सजग होऊन् ।
 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC