site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोहोरिने कृष्णको दाउ– कांग्रेसमा असन्तुष्टि छ, जित्ने मैले नै हो 
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।
Tiktok banner adTiktok banner ad

बौद्ध । समय : सोमबार बिहान सवा ८ बजे । काठमाडौं महानगरपालिका वडा नम्बर–६ को कार्यालयअगाडि भिडभाड थियो । सडकमा सूर्यको ठूलो चित्र कोरिएको थियो । भेला भएका व्यक्तिहरूको हातमा नेकपा (एमाले)को झन्डा देखिन्थ्यो ।

उनीहरू काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार रहेका कृष्ण राईको पर्खाइमा रहेछन् । निर्वाचन प्रचारप्रसारअन्तर्गत घरदैलो कार्यक्रममा जानका लागि त्यहाँ भेला भएका थिए । केही बेरमा कृष्ण राईसहित प्रदेशसभातर्फ ‘क’बाट उमेदवार बनेका चन्द्रमान लामा आइपुगे ।

krishna rai (12)1668493535.JPG

एक टोली तामाङ भाषाको गीतमा नाच्दै गाउँदै अघि बढ्दै थियो । ब्यानरको पछिपछि उमेदवारहरू नमस्कार गर्दै मतदाताको घरदैलोतर्फ लागे ।

प्रदेशसभातर्फका उमेदवार लामाको घर बौद्ध, पिपलबोटनजिकै रहेछ । उनीहरूले लामाकै घरबाटै भोट माग्न सुरु गरे । त्यहाँबाट र्‍याली बौद्ध स्तुपतर्फ अघि बढ्यो । उमेदवारहरू भोट माग्दै हिँडे । उनीहरू सम्मान थाप्दै अघि बढे । नेता–कार्यकर्ताहरूको सहभागिता निकै भएकाले सडकमा सवारीसाधनहरूको चर्को हर्न सुनियो ।

krishna rai (6)1668493559.JPG

सडक–सडकमा सूर्य !
उनीहरू घरदैलो जाने रुटका ठाउँठाउँमा सडकमा सूर्य चिह्न बनाइएको थियो । र्‍याली बौद्ध स्तुपभित्र पुग्यो । विदेशी पर्यटकहरू चुनावी प्रचार अनौठो मान्दै हेरिरहेका थिए । उनीहरू फोटो, भिडियो लिँदै थिए । उमेदवारहरू मतदातासँग भोट मागिरहेका थिए ।

बौद्धको फन्को मारेपछि टोली टुसाल हुँदै भित्री बाटोबाटो अघि बढ्यो । घरघरमा खादा, माला, सगुनले स्वागत गरेको देख्न सकिन्थ्यो । बौद्धमा राईलाई पछ्याउँदा उनीप्रतिको गुनासो सुनिएन ।

krishna rai (9)1668493616.JPG

राई ०७४ को निर्वाचनमा काठमाडौं–३ बाटै निर्वाचित भएका थिए । त्यति बेला वाम गठबन्धनका साझा उमेदवार उनले नेपाली कांग्रेसकी अम्बिका बस्नेतलाई पराजित गरेका थिए । उनी पुनः निर्वाचित हुने दाउमा छन् । योपटक आफू नै विजयी हुने उनको जिकिर छ ।

यस क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका सन्तोष चालिसे उमेदवार छन् । उनी गोकर्णेश्वर नगरपालिकाका निवर्तमान मेयर हुन् । राई र चालिसेसहित यो क्षेत्रमा ११ जना प्रतिस्पर्धामा छन् । तर, यी दुई नेताबीच नै मुख्य प्रतिस्पर्धा हुने नेता–कार्यकर्ताहरूको भनाइ छ ।

चुनावी घरदैलोका क्रममा राईसँग बाह्रखरीले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :

घरदैलोमा व्यस्त हुनुहुन्छ , माहोल कस्तो छ ? 
माहोल राम्रो छ । जनताको प्रतिक्रिया राम्रो छ ।

तपाईं त अघिल्लोपटक निर्वाचित हुनुभएको, फेरि उमेदवार हुनुहुन्छ । जनताको अपेक्षा के रहेछ ? 
हामीले २०७२ सालमा संविधान बनायौँ । तीन तहका सरकारको व्यवस्था गर्‍यौँ । हामीले पाँच वर्ष स्थानीय सरकार चलाइसक्यौँ । तर, प्रतिनिधिसभाका उमेदवारहरूसँग पनि ढल टालियो, बाटो, खानेपानी भएन भन्ने नै गुनासा सुनिन्छ । अझै केन्द्रीकृत राज्य प्रणालीमै छ कि भन्नेजस्तो बुझाइ देखिन्छ । तीन तहका सरकारको सीमा र अधिकारबारे दल, नागरिक समाज, कानुन क्षेत्र र मिडियाले अझै बुझाउनुपर्ने देखिन्छ ।

भोट माग्दा संघीय उमेदवारहरूले त्यही आश्वासन बाँडिरहेको देखिन्छ । जनताले अपेक्षा गर्नु स्वाभाविक होइन र ? 
शीर्ष नेताहरूले पनि त्यही कुरा गरिरहेको देख्छु । हाम्रो गन्तव्य के हो भन्ने कुरामा सबै स्पष्ट हुनुपर्छ । तीनै तहका सरकारले गर्ने कामबारे जानकारी गराउनु नै पर्छ ।

krishna rai (4)1668493674.JPG

प्रतिस्पर्धा कस्तो हुने आकलन गर्नुभएको छ  ? 
यहाँ विभिन्न दलसहित स्वतन्त्र उमेदवार छन् । तर, एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हो । यहाँ गठबन्धन भत्किएको छ । कानुनी हिसाबमा गठबन्धन छैन । गठबन्धनका उमेदवारले आ–आफ्नै भोट मागिरहेका छन् । नेपाली कांग्रेसका बागी उमेदवार छन् । प्रतिस्पर्धा कांग्रेससँग भए पनि फेरि जित्ने मैले नै हो । कांग्रेसभित्र चरम असन्तुष्टि छ ।

तपाईंले जित्ने अरू आधार के हुन् ? 
यो केन्द्रीय निर्वाचन हो । हामीले एमालेको सरकार बनाउने भनेका छौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उमेदवारका रूपमा अघि सारेका छौँ ।  किन भन्ने प्रश्नबाट अघि बढ्ने हो । समृद्ध नेपाल, सुखी नेपाली भनेर कार्यक्रम लिएर आयौँ । हाम्रा अध्यक्षले राष्ट्रियता, सार्वभौमिकताका सवालमा डिल गर्नुभयो । सत्ता गठबन्धनले प्रधानमन्त्रीको उमेदवार तोक्न सकेको छैन । केन्द्रीय निर्वाचन भएकाले पार्टीको भोट सबल आधार हो । कांग्रेसका उमेदवार अघिल्लो कार्यकाल मेयर हुँदा महालेखाको वार्षिक परीक्षणले बेरुजु निकालेको छ । पाँच वर्षमा पनि नगरपालिकाको भवन बनाउन सकेनन् । नगर गौरवका योजना बनेन भनेर जनताको आक्रोश देखिन्छ ।

krishna rai (3)1668493699.JPG

चुनाव जिते के गर्नुहुन्छ ? 
पहिलो एजेन्डा एमालेले जारी गरेको घोषणापत्र हो । दोस्रो, जनताको मानसकिता परिवर्तन गर्दै जानुपर्नेछ । मानसिकता परिवर्तन गर्दै स्थानीय तहका विकासलाई पनि अघि बढाउँछु ।

krishna rai (8)1668493746.JPG

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro