site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
निजीकरण र एमसीसी : चुनावमा गरिएका कुतर्क 

देशमा हाल अर्थतन्त्रमा देखिएको संकट चुनाव मुख्य आर्थिक विषय हुनुपर्ने थियो । तर, पञ्चायतकालमा बनेका भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता उद्योग खै ? भन्दै तिनलाई पो चुनावी मुद्दा बनाउन खोजियो । सरकारी स्वामित्वमा रहेका ती दुई संस्थान सरकारले धेरै पहिले निजीकरण गरेको थियो । निजी क्षेत्रले चलाउन सकेन । अनि बन्द भए । 

जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग, काठमाडौं – भक्तपुर चल्ने ट्रली बस सरकारले बिक्री गरेको थिएन ।

यी पनि चल्न सकेनन् बन्द भए । घाटैघाटाले जनकपुर चुरोट कारखाना चल्न सकेन । कसलाई दोष दिने ? यो नचल्नुमा सरकार, त्यहाँको व्यवस्थापन, त्यहाँ काम गर्ने कर्मचारी, कारखानाको मजदुुर युनियन, त्यहाँको समाज को दोषी ? कांग्रेस, एमाले, माओवादी, राप्रपा, राजाको प्रत्यक्ष शासन सबै सत्तामा पुगेकै हुन् । यी संस्थान बन्द हुनुमा कुन पार्टी दोषी हो ?

KFC Island Ad
NIC Asia

यस पटक चुनावमा दुईवटा आर्थिक विषय – सार्वजनिक संस्थानको निजीकरण र एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)लाई मुद्दाका रुपमा उठाइएको छ ।  

सस्तो लोकप्रियताका लागि यी दुवै मुद्दामा भ्रामक कुतर्क गरिएका छन् ।

Royal Enfield Island Ad

निजीकरण विरोधी नारा यसअघिका निर्वाचनमा पनि उठ्ने गरेको थियो । तर, यस विषयले सही निकास नपाउँदा नेपालको आर्थिक सुधार कार्यक्रम नै प्रभावित भएको छ । अहिले अर्थतन्त्रमा आएको संकटको एउटा मुख्य कारण आर्थिक सुधार कार्यक्रम रोकिनु पनि हो । अब अर्को चरणको साहसी आर्थिक सुधार कार्यक्रम नल्याउँदासम्म नेपालको अर्थतन्त्रले गति लिन सक्दैन । विदेशमा युवा पठाएर त्यहाँबाट पैसा आइरहन्छ भन्ने सोच र अभ्यासले अर्थतन्त्रमा सुधार हुँदैन । हाम्रो आयात वर्षको २० खर्ब छ र रेमिट्यान्स १० खर्ब रुपैयाँमात्र छ । यो १० खर्बको अन्तर पूर्न रेमिट्यान्सले मात्र सक्दैन । 

पंचायतकालमा बनेका भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता, हरिसिद्धि इट्टा टायललगायतका उद्योगको नाम लिँदै राजनीतिक दलले बेचेर खाएको आरोप लगाइन्छ । 

पंचायतका समयमा बनेको ट्रली बस बन्द भएको विषयसमेत निजीकरणसँग जोडिन्छ । विशेषगरी नेपाली कांग्रेसमाथि सार्वजनिक संस्थान बेचेर खाएको आरोप लगाउने गरिएको पाइन्छ ।

आर्थिक सुधार कार्यक्रमअन्र्तगत २०४९ सालमा नेपाली कांग्रेसको सरकारले सार्वजनिक संस्थानको निजीकरण कार्यलाई व्यवस्थितरुपमा सुरु गरेको हो । 

तर, २०४२ सालमै सुरु गरिएको आर्थिक सुधारसँगै निजीकरणको अभ्यास पनि थालिएको थियो । 

विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारी स्वामित्वमा रहेका झन्डै २ दर्जन उद्योग व्यवसायमध्ये केहीको निजीकरण गरियो भने केही बन्द भए ।

निजीकरणलाई कांग्रेसको सरकारले गति दियो । 

कांग्रेसपछिको ठूलो दल एमाले पनि निजीकरणको पूर्ण विरोधी थिएन । एमालेले २०५१ सालको चुनावी घोषणापत्रमा ‘छनोटपूर्ण निजीकरणमा जाने’ शब्दावली प्रयोग गरेको थियो ।

बाँसबारी छाला जुत्ता कारखाना निजीकरण भएको उद्योग हो । अहिले यसको कुनै अस्तित्व छैन । चल्न सकेन यो बन्द भयो । तर, त्यसको जमिनमा भने सार्वजनिक क्षेत्रकै गंगालाल अस्पताल बनाइएको छ । विराटनगरमा सरकारीमात्र होइन निजी क्षेत्रका जुट मिल्स र कारखानासमेत चल्न नसकेर खण्डहर भएको देखिन्छन् ।

जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग, वीरगंज चिनी कारखाना निजीकरण गरिएको थिएन । सरकार बिक्री गर्न डरायो ।  अहिले खै त यी उद्योग ? ट्रली बस पनि सरकारले निजीकरण गरेको होइन । यो बस सञ्चालन हुँदा बिजुली खर्च नै उठ्न सकेन ।

कमाउनै नसकेपछि बन्द भयो । पछि स्थानीय निकायले चलाउने कोसिस पनि गरे तर खर्चै उठाउन सकेनन् । घाटा भयो बन्द गरे । सरकारले निजीकरण गरेको बुटबल पावर कम्पनीलगायतले निजीकरण पछि झनै राम्रो गरेका छन् । 

सरकारको काम चुरोट उत्पादन गर्ने हो र ? पक्कै पनि होइन । त्यतिबेलै जनकपुर चुरोट कारखाना निजीकरण गरिएको भए ‘याक’ चुरोट अहिले पनि देख्न पाइन्थ्यो होला । त्यो बिक्रीबाट प्राप्त पैसाले सरकारले राम्रो अस्पताल बनाउन सक्थ्यो । सडक बनाउन सक्थ्यो । त्यो अवसर गुम्यो । 

नेपालका एक जना चर्चित उद्यमीले ‘याक ब्रान्ड‘ आफूलाई बिक्री गर्न पनि अनुरोध गरेका थिए । तर, नचाहिँदो विरोधका कारण सरकारले जनकपुर चुरोटलाई निजीकरण गर्न सकेन । अहिले त्यसको अस्तित्व नै मेटिएर गयो । यसबीच करोडौं खर्च भयो । 

नेपाल वायु सेवा निगम अहिले पनि सरकारी स्वामित्वमै छ र अर्बौँ ऋणमा छ । त्यहाँभित्रका बेथितिको समाचार नआएको साता हुँदैन । निगमको हरहिसाब हेर्दा सम्पत्तिभन्दा ऋण बढी भइसकेको देखिन्छ । यो ऋण कसले बेहोर्ने ? कहिल्यै जहाज नचढेकाले पनि त्यहाँको ऋणको भार बोक्नु परेको छ । आखिर केका लागि ? निगम एक रुपैयाँमा पनि कसैले नकिन्ने कम्पनीमा परिणत हुन धेरै समय नलाग्न सक्छ । यसलाई जनताले तिरेको कर खर्च गरेर बचाउने कि निजीकरण गरेर चलाउने भन्ने प्रश्न पोे बहसको विषय हो । 

सरकारको काम उद्योग व्यवसाय चलाउने होइन भन्ने मान्यतामा निजीकरण आएको हो । पंचायतकालमै सरकारको व्यवस्थापनले सरकारी संस्थान व्यावसायिकरुपमा सञ्चालन हुन सक्दैनन् भन्ने देखिइसकेको थियो । 

सरकारले आर्थिक उदारीकरण र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएपछि सरकारी संस्थान असान्दिर्भक बन्दै पनि गएका थिए । बढ्दो विश्व व्यापार, पूर्वाधारको विस्तारले पनि प्रतिस्पर्धा गर्न नसक्ने उद्योग व्यवसाय रुग्ण हुन पुगे । 

भृकुटी कागज कारखानाले यही दुर्भाग्य भोगेको हो । नेपालमा उत्पादन गर्दा निकै महँगो पर्ने भयो । 

कागज चाहिनेले विश्व बजारमै त्यसभन्दा बढी गुणस्तरको कागज सस्तोमा पाउँछ भने किन नेपाली कम्पनीको किन्छ ? हामी सर्वसाधारण उपभोक्ता पनि सस्तोमा समान किन्न खोज्छौँ । गुणस्तरको खोज्छौँ त । 

बाँसबारी छाला जुत्ता त्यही भएर बन्द भएको हो । प्रतिस्पर्धी हुन नसकेर न ट्रली बस बन्द भएको हो । निजीकरण आर्थिक सुधारको  सानो अंश थियो । तर, यसले निजीक्षेत्रको उत्साह भने बढाएको थियो । 

राजनीतिक अस्थिरता, गलत बुझाइजस्ता कारणले निजीकरण प्रक्रिया ठप्प भयो । यससँगै आर्थिक सुधार मन्द भयो ।

निजीकरणको बदनाम गर्नेमा मुख्यरुपमा यसबाट अनुचित फाइदा लिने नै छन् ।  सरकारी स्वामित्वका संस्थान कर्मचारी भर्ती केन्द्र र भ्रष्टाचारका अखडा हुने गरेका थिए । त्यहाँबाट फाइदा लिइरहेका कर्मचारी निजीकरणको विरोधमा गए । 

सरकारी कर्मचारीलाई पनि निजीकरण मनपर्ने कुरा भएन । संचार मन्त्रालयका पदाधिकारीको मुख्य आकर्षण नेपाल टेलिकम हो । 

‘निजीकरणको बदनाम’ : ठप्प आर्थिक सुधार 

त्यहाँ हुने नियुक्तीदेखि खरिद प्रक्रियासम्म मन्त्री, सचिवलगायत शक्तिकेन्द्रको हस्तक्षेप हुनेगरेको छ । व्यक्तिगत फाइदाका लागि यसरी हस्तक्षेप हुने गरेको हो । 

पर्यटन मन्त्रालयका लागि नेपाल वायु सेवा निगम ‘दुहुनो गाई’ हो । पर्यटनमन्त्री, पर्यटन मन्त्रालयका उच्च सरकारी अधिकारीदेखि शक्तिमा हुनेले निगमबाट व्यक्तिगत फाइदा पाउने गरेका छन् । 

जहाज किन्दा आउने विवादको कारण पनि यही हो । खुला आकाश नीति नलिएको भए अहिले पनि शक्तिमा हुने नेपालीले मात्र जहाज चढ्न सक्थे । 

त्यसैले निजीकरणको विरोध सामान्य नागरिकको हितका लागि गरिएको होइन । त्यहाँबाट शुभलाभ पाएकाले आफ्नो स्वार्थका लागि गरेका हुन् ।

अमेरिका सरकारले दिएको करिब ५० अर्ब रुपैयाँ बराबरको अनुदान सहयोगसँग जोडिएको एमसीसीमा पनि अनुचित भ्रम छर्ने काम भयो । 

यो विकास निर्माणसँग जोडिएर आएको पैसा हो । तर, यो कार्यक्रम लिए नेपालमा अमेरिकी सेना आउँछ भन्नेसम्मको कुतर्कहरु गरिए ।

नेपाललाई विदेशीले दिने अन्य विकास सहयोगसँग जोडिने गरेका भन्दा एमसीसीमा पनि फरक सर्त छैन ।  बरु, नेपालको हितमा एमसीसीमा जवाफदेहिता र पारदर्शिताजस्ता सर्तहरु जोडिएका छन् । अपारदर्शीरुपमा काम गर्दा व्यक्तिगत फाइदा लिन पल्केकाहरुले एमसीसीको चर्को विरोध गरे । 

यसमा नेपालमा अमेरिकी प्रभाव बढेको नरुचाउने वाह्य शक्तिले पनि खेल्ने मौका छोप्यो । त्यही भएर एमसीसी केही समय विवादमा रुमलियो ।

संसद्ले स्वीकृत गरेपछि एमसीसी कार्यान्वयन गएको छ । यो विकास निर्माण्सँग सम्बन्धित कार्यक्रम भएकाले अन्य विदेशी सहयोगजस्तै कार्यान्वयन भइरहेको छ । 

तर, अहिले चुनावमा एमसीसीका मतियार फलानो हो भोट नदेऊ भन्नेजस्तो सस्तो भ्रम पार्नेगरी प्रचारप्रसार गरिएको छ । 

विकास निर्माणसँग जोडिएको योजना भएकाले एमसीसीको विरोध गर्नेहरु नेपालको विकास विरोधी हुन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro