site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पैसा नै छैन व्यवसाय कसरी चल्छ ?

“मैले सहकारीमा पैसा राखेको थिएँ निकाल्न गएको पैसा छैन भन्दै २० हजारमात्र दिन सक्छ भन्ने जबाफ पाएँ । मैले नै राखेको ५० हजार निकाल्न खोजेको थिएँ । सहकारीले पैसा नै छैन सबै फिर्ता गर्न नै सकिँदैन भन्यो,” - यो काभ्रेका कृषक रवि तामाङले सुनाएको केही दिनअघिको भोगाइ हो ।

सहकारीमा राखेका बाँकी पैसा कहिले आउँछ त्यो त थाहा छैन बरु उनलाई यो पैसै आउँदैन कि भन्ने पीरले सताएको छ । आफैँले राखेको बचत पाइने हो कि होइन त्रास उनको मनमा छ । उनीमात्र होइन सामान्य किराना पसलदेखि होटल चलाउने वा ट्याक्सी चलाउनेसम्मले राजनीति होइन सुरुमै आर्थिक कुरा गर्छन् र यही अनुभव सुनाउँछन् ।

हुन पनि पहिलेजस्तो सामान्य मानिससँग पैसा छैन । कसरी चलोस् व्यवसाय ! त्यसो भए पैसा कहाँ गयो त ? यही प्रश्न ट्याक्सी चलाउनेदेखि किराना पसलमा फुर्सदिला भएकाहरुसँग राख्दा भने फरक फरक जवाफ आउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘राजनीतिक नेताले लुकाए, भ्रष्टाचार भयो, पैसा विदेश गयो, यस्ता नेताले देश चल्दैन’ लगायतका जबाफ तिनको हुन्छ । गतसाता कास्की क्षेत्र नं. १ मा जनताको चौतारोको किराना पसलका साहुजी मोबाइल चलाएर बसिरहेका थिए । 

दाइ फुर्सदमा हुनुहुन्छ ? भन्नेबित्तिकै उनले आर्थिक कुरा उठाए र भने– व्यापार नै छैन मानिससँग पैसा नै  छैन मोबाइल नचलाएर के गर्ने त ? पहिले पहिले नोट लिएर केटाकेटी गुरुरु किन्न आउँथे तर अहिले त किन्न आउने मानिस नै कहाँ गए कहाँ ? 

Global Ime bank

ती किराना पसलेले सँगैको निर्माण सामग्रीको पसल देखाउँदै भने– मेरोमात्र होइन ऊ अगाडिको हार्डवेयर पसलमा पहिले दैनिक ४–५ ट्याक्टर सामान लोड हुन्थ्यो भ्याइनभ्याई थियो अहिले हेर्नुहोस् त सुनसान छ । सबै खत्तम छ ।

सेयर बजारमा उत्पादनमूलक कम्पनी सूचीकृतमा पर्छ । हिमालयन डिस्टिलिरीले गत वर्ष ९ महिनामा ५ अर्ब ८६ करोडको विक्री गरेको थियो । यो आर्थिक वर्ष पाँच अर्ब १२ करोड रुपैयाँको व्यापार गरेको छ । यस्तै सिमेन्ट कम्पनीमा शिवम् सिमेन्ट सूचीकृत छ । शिवम् सिमेन्टले गतवर्ष चैत मसान्तसम्म ७ अर्ब २५ करोड रुपैयाँको व्यापार गरेको थियो । यो वर्ष चैत मसान्तसम्म पाँच अर्ब ४५ करोडका व्यापार गरेको थियो । 

शिवम् र हिमालयन डिस्टिलरीको तथ्यांकले समग्रमा व्यापार घटेको देखाएको हो । पोखरा महानगरपालिकास्थित अमरसिंह चोकका मोबाइल फोनलगायतका विभिन्न सामग्री विक्री गर्ने पसलका साहुजी अर्को साथीसँग फोनमा लुँडो खेलेर बसिरहेका थिए ।

‘साहुजी लुँडो खेलिरहनु भएको छ नि !’ भन्दा उनले ग्राहक नै गायब भए लुँडो नखेलेर के खेल्ने त भन्ने जवाफ दिए । कहाँ गए त ग्राहक ? उनले उत्तर दिए मानिससँग पहिलेजस्तो पैसा नै छैन कसरी किन्ने ?।

नेपाल बैंकर्स एसोसियनका अध्यक्ष सुनील केसी भने यथार्थभन्दा पनि त्रास बढी फैलिएको बताउँछन् ।  “बैंकहरु २ खर्ब लगानी गर्न सक्ने स्थितिमा छन् बिस्तारै ब्याज पनि घट्दै छ,” केसीले भने - “तर नागरिकमा अर्थतन्त्रप्रति त्रास छ 'कन्फिडेन्स' खस्किएको छ ।” 

तथ्यांकले आर्थिक विस्तारको गति सुस्त देखाएको भए पनि केसी भने यसको केही असर त गाउँसहर दुवैतिर भएको बताउँछन् । केही दिनअघि नेपालगञ्जस्थित एउटा तीनतारे होटल सुनसान थियो । ४०–५० कोठाको उक्त होटलमा पाहुना नै थिएनन् । खै त यहाँ अरु मानिस देखिदैँनन् नि भन्दा फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीको भनाइ थियो– अहिले आर्थिक मन्दी छ । त्यसैले पाहुना छैनन् । 

पोखरा पृथ्वीनारायण क्याम्पसमा फाइनान्सका उपप्रध्यापक रेशमराज शर्मा भन्छन्– पैसा छैन सरकार टाट उल्टिन लाग्यो भन्ने कुरा तल्लो स्तरसम्म पुगेको छ । यो कसैले संगठित रूपमा चलाएको हल्ला पनि हुन सक्छ । तर, धेरैमा पैसा छैन भन्ने त्रासै त्रास छ । 

गुलेरियाको मालपोत कार्यालयकाअनुसार जग्गाको किनबेच निकै घटेको छ । पहिलेजस्तो छैन । किन ? भन्ने प्रश्नमा त्यहाँको चमेना गृहमा भेटिएका कर्मचारीहरुले भने पैसानै नभएर होला जमिन किन्ने मानिस कम भएका छन् । त्यसैले विक्री निकै कम छ ।

काभ्रेको कुशादेवीमा पनि जग्गा किनबेचमा सहयोग गर्नेले पनि यही सुनाए । पहिले उच्च भएको बेलालाई १०० मान्दा अहिले २० को हाराहारीमा मात्र कारोबार छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महत अहिले आउने आर्थिक वर्षको बजेट तयारीको चटारोमा छन् । राजस्व लक्ष्यअनुसार उठेको छैन । आउने वर्ष पनि राजस्व वृद्धिको लक्ष्य बढी राख्दा अहिलेको अवस्थामा उठ्ने स्थिति छैन । 

सेयर बजार सूचक तल झरेको छ । सानो तथा मध्यम खालको व्यापार व्यवसाय गर्नेहरु आत्तिएका छन् । बिमालगायत वित्तीय संस्थाहरु पनि दबाबमा छन् । नयाँ बिमा पोलिसी किन्नेभन्दा पैसा नतिरेर बीचमै छाड्ने बढी छन् ।

लाखौं तिरेर विदेश जाने युवाको संख्या बढ्दो छ । लाखौं दिएर नक्कली भुटानी शरणार्थी बनेरसमेत विदेश जान चाहने रहेछन् भन्ने नक्कली शरणार्थी बनाउने प्रकरणले देखाएको छ । यस अवस्थामा अहिले आएका अर्थमन्त्रीका सार्वजनिक अभिव्यक्तिले अर्थ मन्त्रालय परम्परागत शैलीमै बजेट तयारी गरिरहेको छ भन्ने देखाउँछ ।

बजेटपछि राष्ट्र बैंकको मौद्रिक नीति आउनेछ । बजेट र मौद्रिक नीतिले साधारण नागरिकका भोगाइ कति सम्बोधन गर्लान् यो केही सातामा थाहा हुनेछ । तर, आम नागरिकको बुझाइ भने अब यसरी देश चल्दैन भन्ने छ । पैसा छैन भन्ने त्रासले यो बुझाइलाई थप बलियो बनाइरहेको छ ।

सत्तारुढ र विपक्षी राजनीतिक पार्टीप्रति तीव्र आक्रोश छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकले अहिलेको अर्थतन्त्रलाई लिएर आएको नागरिकको चिन्ता सम्बोधन गरेनन् भने अर्को पटकको चुनाव तिनका लागि पक्कै पनि सजिलो हुने छैन ।  हेरौं !

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC