site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
ओलीको प्रश्न : गठबन्धन दलले कसको घोषणापत्र लागु गर्छन् ? प्रधानमन्त्री को हो ?

धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनप्रति व्यंग्य गर्दै फुटेका हाँडीका टुक्राहरु जोडेर बनाएको सरकारले केही गर्न नसक्ने बताएका छन् । कैलाली क्षेत्र नं. २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । 

“गठबन्धनसँग छुट्टाछुट्टै घोषणापत्रहरु छन्, कसको लागु गर्छन् ?,” उनले भने, “त्यसकारण उहाँहरुले एमालेलाई अगाडि देखेपछि सातो जाने गरेको छ । फुटेका हाँडीका टुक्राहरु जोडेर बनाएको सरकारले केही गर्न सक्दैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओलीले मंसिर ४ गतेको निर्वाचन एक सामान्य निर्वाचन नभएको पनि बताए । मंसिर ४ गतेको निर्वाचनले देशले जित्ने कि देशले हार्ने कुरा तय गर्ने बताए ।

“मंसिर ४ को निर्वाचन एउटा दलले जित्ने र हार्ने निर्वाचन मात्रै होइन, यो देशले जित्ने कि हार्ने निर्वाचन हो,” पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, “देशलाई बर्बाद पार्ने तत्त्वहरुले विभिन्न चलखेलका माध्यमबाट चुनाव बिथोल्न खोजिरहेका छन् ।”

नेपाली कांग्रेस नेतृत्वमा बनेको गठबन्धनलाई ठगबन्धन भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले भने, “वास्तवमा यो जनता र देशलाई ठग्ने जाली, फटाहाहरु मिलेर बाँडीचुडी खानका लागि बनाएको ठगबन्धन हो ।”

उनले गठबन्धनसँग देश विकासका लागि साझा एजेण्डा नभएको र प्रधानमन्त्रीसमेत को हो ? भन्ने एकीन नभएको जिकिर गरे ।

“कांगे्रसको छुट्टै, माओवादीको छुट्टै, समाजवादीको छुट्टै घोषणापत्रहरु छन्,” ओलीले भने, “सरकार बनाएछन् भने कसको घोषणापत्र लागु गर्छन् केही ठेगान छैन । उनीहरुसँग प्रधानमन्त्री को बन्ने भन्नेसम्म छैन ? मलाई लाग्छ उनीहरुसँग प्रधानमन्त्री बन्न योग्य व्यक्ति नै छैन ।”

मूक्तकमैया, सुकुम्बासी, हलियाका लगायत समस्या समाधान गर्न एमालेले तयारी गरेका बेला सरकार ढालेको आरोप ओलीले लगाए ।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्