site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
मैदानमा राजन भट्टराईको रफ्तार : संसद् छिर्ने बलियो दाउ
SkywellSkywell

गौशाला । अपराह्नको ४ बजेको छ । पशुपतिक्षेत्रमा धार्मिक पर्यटकहरुमात्र होइन, विदेशिन लागेका र विदेशबाट आइपुगेका मानिसहरु पनि भेटिन्छन् ।

फुटपाथमा भीडभाड छ । सबैलाई आ–आफ्नै हतारोले छोपेको छ । सबैको व्यस्तता फरक छ । राजनीतिक दलका नेता कार्यकर्तालाई भने चुनावी चटारोले भ्याइनसक्नु छ । 

पिङ्गलास्थान काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा पर्छ । यो काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ हो ।

KFC Island Ad
NIC Asia

‘सैँ पनि एमाले, मै पनि एमाले’ गीत बजाउँदै एक हुल नेता कार्यकर्ता अघिअघि छन् ।
 
मंगलबार अपराह्न बाह्रखरी टोली यहाँ पुग्दा नेकपा (एमाले)बाट उमेदवार बनेका राजन भट्टराई हात जोडेर रफ्तारमा अघि बढिरहेका थिए । 

rajan11667992403.jpg

अघिअघि बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा रहेको गीत बजिरहँदा चुनावी प्रचारमा होमिएका केही कार्यकर्ता नाचेको पनि देखियो ।
 
भट्टराईको चुनावी घरदैलोलाई बाह्रखरीले दुईघण्टा पच्छ्यायो । निर्वाचन प्रचारक रामकुमार डंगोलले ‘ए हजुर, नेकपा (एमाले) घरदैलोमा आएका छौँ है । उहाँ राजन भट्टरार्ईलाई भोट हाल्नु’ भन्दै पिङ्गलास्थानमा चर्को स्वरमा बोल्दै गए । राजन भने ‘नमस्कार भोट सूर्यमा’ भन्दै आफ्नै रफ्तारमा लम्किरहे ।
 
“काकी चिन्नुहुन्छ नि उहाँलाई ? राजन भट्टराई, भोट चाहिँ सूर्यमा है,” डंगोलले भनिरहँदा राजन पनि ‘नमस्कार, भोट सूर्यमा’ भन्दै पछिपछि लागे । पुनः अलि अघि लागेपछि ‘आमा बुबा दाजुभाइ, भोट हालौं सूर्यलाई’ चर्को नारा लाग्यो ।
 
“भोट मलाईं है बैनी,” राजनले भनिरहँदा उनकै टिममा रहेकी महिला कार्यकर्ताले ‘उसलाई भन्नै पर्दैन, परिवारकै भोट हामीलाई आउँछ’ भन्दै अघि बढाइन् । 

“ए राधेश्याम दाइ, ए भाउजू, राजन आउनुभएको छ, झर्नु त तल,” डंगोल पुनः कराए । केही मिनटमै अब यहाँ हामीले प्रचार ग¥यौँ, अघि लागौँ भन्दै राजनको टोली अघि लाग्यो ।

२०३७ सालमा पद्मोदय माध्यमिक विद्यालयबाट वाम विद्यार्थी राजनीतिमा होमिएका राजन २०३८ सालमा सोही विद्यालयको अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य बनेका थिए । २०४६ सालमा अनेरास्ववियूको केन्द्रीय कमिटी सचिव भएका उनले २०४१ सालमै जेल जीवन बिताएका थिए । 

rajan21667992404.jpg

२०५३ सालमा नेकपा (एमाले)को विदेश विभागको सचिव बनेका उनी एमालेको नवौँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य र दशौँ महाधिवेशनबाट स्थायी कमिटी सदस्यसँगै विदेश विभाग प्रमुखको जिम्मेवारीमा छन् । 

अन्तर्राष्ट्रिय मामिला विज्ञ र प्रधानमन्त्री बन्दा केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकार बनेर उनले काम गरिसकेका छन् ।
 
भट्टराईले ०७४ को निर्वाचन पनि यहीँबाट (क्षेत्र नम्बर ४ बाट) लडेका हुन् । 

तर, नेपाली कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य तथा अहिलेका महामन्त्री गगनकुमार थापासँग पराजित भए । अहिले सोही हारको बदला लिने र संसद्को यात्रा गर्ने दाउमा उनी छन् । जसका लागि उनी चुनावी मैदानमा सक्रिय छन् । 

पिङ्गलास्थानमै भेटिएकी विना थापाले भट्टराईलाई अबिर र माला लगाइदिइन् । थापा आफू राप्रपा पूर्वकार्यकर्ता र विभिन्न संघसंस्थामा आवद्ध भएको बताउँछिन् । अहिले योग्य उमेदवारलाई भोट हाल्ने र त्यो राजन भट्टराईमा देखेकाले उनको समर्थनमा खुलेको उनले बताइन् । 

rajan31667992405.jpg

“देश बचाउने र देशको माया गर्ने, वृद्धवृद्धाको माया गर्ने र देश बनाउने अभियान चाहिएको छ । त्यो अभियान ‘केपी बा’मा छ । यहाँ त्यसको प्रतिनिधित्व गर्ने राजन सर नै हो,” भट्टराई हिँडेपछि बाह्रखरीसँग उनले भनिन् । 

पाँच बजेसम्म राजनले धेरै मतदाता भेट्न पाएनन् । तल बाटोबाट नमस्कार गर्दै उनी अघि बढिरहे । तर, पाँच बजेपश्चात् तिलगंगा पुगेपछि धेरै मतादातासँग उनको भेट भयो । 

तिलगंगगा आँखा अस्पतालपछिको बाक्लो नेवार टोलभित्र उनको उपस्थितिले माहोल गरम बनायो ।  भित्री गल्लीहरुमा भने उनको रफ्तारमा ब्रेक लाग्यो । साँझ पर्दा मतदाताहरुमा उत्साह पनि देखिन्थ्यो ।

पिङ्गलास्थानमा भेटिएका एक वृद्ध मतदाताले उनलाई जितको आर्शिवाद दिए ।  सोही स्थानका मतदाता मित्रलाल भट्टराईले ‘अबको पालो राजनको’ भएको बताए । 

rajan61667992406.jpg

“जित्नुस् । अब पालो तपाईंहरुको हो । तर, अरुले खुट्टा तानेर गर्नै दिँदैनन्,” भीडबाट आवाज सुनियो ।

वडा नम्बर ८ कै मतदातामाझ कार्यकर्ताले भत्ता दिने पार्टी भोट माग्न आएको भन्दै राजनको परिचय गराए ।  “भत्ता दिने पार्टी, बुढाबुढी पाल्ने पार्टी आयो,” ती कार्यकताले एमाले आएको जानकारी गराए । 

पशुपति नजिकै पुग्दा वृद्ध मतदाताले भट्टराईलाई विश्वास दिलाए, “चुनाव जितिन्छ । चिन्ता गर्नै पर्र्दैन । यता राम्रो भएको छ ।”

वडा नम्बर ८ को वडा कमिटी सदस्य सीता पोखरेलले भने मतदाताहरु माझ आफ्नो टोलमा सूर्यमा एकछाप भोट झर्ने बताउँदै थिइन् । 

तर, वडा नम्बर ८ गएको स्थानीय तह निर्वाचनबाट कांग्रेसले अध्यक्ष जितेको वडा हो ।
 
“पहिलाभन्दा माहोल राम्रो छ, जितिन्छ । राम्रो काम गरेर खुसी बनाउनु भएको छ उहाँले,” उनले भनिन्, “वडामा टिकट वितरण राम्ररी नहुँदा अस्ति चुनाव हारियो । अब चुनाव हारिँदैन ।” 

rajan41667992406.jpg

मत माग्न हिँडेको एमाले टोलीले दुई घण्टासम्म जितेर गएर के गर्छु भनेर चाहिँ भनेन ।  बरु आफ्नो प्रतिवद्धतापत्रसहितको कागजात भने मतदातालाई दिँदै हिँड्यो ।
 
के छ राजन भट्टराईको प्रतिवद्धतापत्रमा ?

भट्टराईले मतदातामाझ आफ्नो चुनावी बाचा पनि बाँडेका छन् ।  मुलुकको संविधानको संरक्षण र कार्यान्वयनको प्रतिबद्धता जनाएका छन् । 

प्रदेशसभा सदस्यहरु ४ ‘क’का उमेदवार तेजप्रसाद ढकाल र ‘ख’का उमेदवार जयराम थापासहितको प्रतिबद्धतामा जिते मूल रुपमा नीति निर्माणमा प्रभावकारी भूमिका हुने उल्लेख छ । 

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा गरिने विधि निर्माण, बजेट बाँडफाँट र समृद्धिका योजनको प्रभावकारी कार्यान्वयमा सहजीकरण गर्ने उनीहरुको प्रतिबद्धता छ । 

निर्वाचन क्षेत्रका समस्याहरु समाधान गर्ने प्रतिबद्धता पनि उनीहरुले जनाएका छन् । 

अबको ५ वर्षमा निर्वाचन क्षेत्रका कुनै पनि घर धाराविहीन नहुने र खानेपानीको समस्या पूर्णरुपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

rajan81667992407.jpg

त्यस्तै, निर्वाचन क्षेत्रभित्रका सुकुम्बासीहरुलाई लालपुर्जा प्रदान गरी समस्याको दीर्घकालीन समाधान गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ । 

भट्टराईले विकास निर्माण तथा नीति निमार्णमा महिलाको सहभागिता र नेतृत्व विकासमा जोड दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनले यो निर्वाचन क्षेत्रको विकासका लागि बजेट पार्न गरेको पहलको फेहरिस्त पनि जनतामाझ बाँडेका छन् । 

प्रधानमन्त्री ओलीको परराष्ट्र सल्लाहकार हुँदा उनले यो निर्वाचन क्षेत्रमा विकासका लागि बजेट ल्याउन भूमिका खेलेको मतदाताहरु बताउँछन् ।

rajan71667992407.jpg

भट्टराई पनि अघिल्लो निर्वाचनमा विवेकशील पार्टीले मत काटेका कारण पराजित हुनुपरेको भन्दै अहिले आफ्नो जित सहज भएको बताउँछन् ।

“यो क्षेत्रको अघिल्लो निर्वाचनमा समानुपातिक मत हेर्ने हो भने एमाले पहिलो पार्टी हो । समानुपातिक मत ल्याएको विवेकशील साझाले कांग्रेसमा भोट हाल्दा पराजित हामी भएका हौँ,” उनले बाह्रखरीसँग भने, “विवेकशीलको प्रत्यक्षमा भन्दा चार हजार कम मत परेको थियो । अहिले त्यो अवस्था छैन । जनताले स्पष्ट बुझिसकेका छन् ।”

rajan121667992409.jpg

उनले आफ्नो पहलमा धेरै विकासका काम भएको भन्दै जनताले अहिले सही मूल्यांकन गर्ने बताए ।

rajan111667992409.jpg

“मेरै पहलमा ठूलो बजेटको व्यवस्थापन भएर विकास निर्माणका कामहरु हामीले गरेका छौँ,” उनले भने, “त्यसले हामीले जनमत बढेको अनुभूति गरेका छौँ । बाटो, ढलको कुरामा हाम्रो पहल रहेको छ ।”
तस्बिर : हरिशजंग क्षेत्री/ बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro