site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘भावी प्रधानमन्त्री’का रुपमा हेरिएका गगन 
Siddhartha BankSiddhartha Bank

बुढानीलकण्ठ । “मंसिर मसान्तमा कांग्रेस संसदीय दलको चुनाव हुन्छ होला । अनि त्यो संसदीय चुनाव नलड्ने सुविधा मसँग छँदैछैन,” कांग्रेस महामन्त्री गगन थापा घरदैलो अभियानकै क्रममा मंगलबार बिहान बाह्रखरीसँग भने, “१३औं महाधिवेशनमा महामन्त्री लड्छु भनेर अठोट गरेपछि आफ्नै ससुरासँग चुनाव लडेको मान्छे हुँ । दलको नेताका लागि चुनाव लड्ने अठोट गरिसकेको छु ।”

उनी यतिमै रोकिएनन्, “प्रधानमन्त्रीसँग जोडिएको राजनीतिक जोखिम मलाई थाहा छ । त्यो थाहा पाएर पनि मैले किन पटक पटक भनिरहेको भने त्यो भन्ने कुराले मलाई बाँध्छ अनि मसँग दाँयाबाँया गर्ने सुविधानै रहँदैन ।”

मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि महामन्त्री थापा चुनावी मैदानमा छन् । उनी गठबन्धनको तर्फबाट यहाँ साझा उमेदवार हुन् । उनको निर्वाचन क्षेत्र काठमाडौं ४ हो । थापा निर्वाचन प्रचारप्रसारका क्रममा प्रदेशतर्फको उमेदवारको साथमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।

Agni Group
NIC Asia

काठमाडौं क्षेत्र नम्बर ४  चुनावी रौनकको क्षेत्र हो । यहाँ सत्तारुढ दल नेपाली कांग्रेसबाट महामन्त्री गगन कुमार थापा र नेकपा(एमाले) बाट राजन भट्टराईसहित नेताहरु चुनावी मैदानमा छन् । मुख्य प्रतिष्पर्धी भने पुरानै थापा र भट्टरार्ई छन् । 

Gagan11667994820.jpg

Global Ime bank

क्षेत्र नम्बर ४ बूढानीलकण्ठ अधिकांस वडाहरु पर्छन् । जुन नेकपा एमालेको भोट बैंकको रुपमा लिइन्छ । अधिकांश वडामा एमाले निर्वाचित भएको छ । 

बाह्रखरी टिमले मंगलबार बिहान थापाको घरदैलो कार्यक्रमलाई तीनघण्टा पच्छ्याएको थियो ।  थापाको चुनावी प्रचार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा थियो । 

बूढानीलकण्ठ मन्दिर पसिसरबाट थापा जब मत माग्दै उकालो लागे बाह्रखरी टिमले पनि उनलाई पछ्याइरह्यो । 

थापासँगै थिए गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रदेशसभा उमेदवार कुसुमकुमार कार्की । सँगै थिए कांग्रेस, माओवादी र नेकपा(एस) का नेता कार्यकर्ताहरु । 

मत माग्दै जाँदा थापाको जम्काभेट एमालेका एक संगठित सदस्यसँग भयो । 

gagan21667994820.jpg

उनले अंकमाल गरे र मुस्कानसहित बिदा भए, लामो कुराकानी हुनै पाएन । थापा अघि बढेपछि बाह्रखरीले थापासँग अंकमाल गर्ने एमालेका ती संगठित सदस्यसँग बुझ्दा उनको जवाफ थियो–म एमाले कार्यकर्ता हुँ तर मेरो निर्वाचन क्षेत्रमा गगन थापाले जिते उनी प्रधानमन्त्रीको दौडमा रहनेछन् त्यसैले पनि यसपटक मैले उनैलाई मत दिन्छु ।”

यतिमात्र हैन उनले विगतको एक चुनाव पार्टीबाट टिकट लिएर स्थानीय तहमा लडेको पनि बताए । तर, आफूलाई भने अहिले एमालेलाई भोट हाल्न मन नभएको गुनासो सुनाए । उनले आफ्नो नाम भने उल्लेख नगरिदिन आग्रह गरे । थापा देशको भावी प्रधानमन्त्री बन्ने भन्ने कुरा सुनेर भोट हाल्न लागेको भने जिकिर गर्न भ्याए । 

“गगन थापा भनेको युवा नेता हो । अब प्रधानमन्त्री बन्ने भन्ने कुरो छ,” उनले भने,“ त्यसैले यसपटक गगनलाई भोट हाल्ने तयारीमा छु ।”

थापासँग उनले भोट हाल्ने वचन पनि दिइसकेका छन् । सँगै संसद्मा थापाले एमसीसीका पक्षमा दिएको अभिव्यक्तिले भने केही असर गर्न सक्ने उनको आकलन छ । 

“त्यो एमसीसीबारे बोलेको भनेर अहिले अप्ठ्यारो पर्छ कि भन्दा पनि रहेछन् । छिटो चल्ने जिब्रो बोलिहाल्नुभयो,” उनले भने, “तर प्रधानमन्त्री हुने व्यक्तिलाई भोट त दिनैपर्छ ।”

gagan31667994826.jpg

उत्साहित मतदाता र माला अबिरको अभिनन्दन 

आफूलाई भावी प्रधानमन्त्रीमा अघि सारिसकेका थापालाई मतदाताको ढाडसले हौसाएको छ ।  थापा यो क्षेत्रका लागि नौला होइनन् । विद्यार्थी राजनीति र दोस्रो जनआन्दोलनको समयमा गणतन्त्रको पक्षमा लगाएको नाराले उनलाई चर्चाको शिखरमा पुर्याएको हो । 

राष्ट्रिय राजनीति, संसद् र सडकमा बोलिने थापाका शब्दहरुले आमसञ्चारमा पनि राम्रो स्थान पाउने भएकाले पनि मतदाता थापाको पक्षमा उभिएको स्थलगत रिपोर्टिङमा देखियो ।

बूढानीलकण्ठको सिमाली गाउँको उकालो लाग्दा सो कुरा प्रमाणित नै भयो । मतदाता उनीसँग सेल्फी खिच्दै रमाएको देखिन्थ्यो ।

थापाको गलामा माला र निधारमा टीका एक पछि अर्को स्थानमा थपिने क्रम रोकिएन । अधिकांश घरमा उनलाई माला र अबिरले स्वागत गरेको देखिन्थ्यो । 

gagan41667994827.jpg

घरदैलोमा भेटिएका सबैजसोलाई गगनले हार्दिकता देखाइरहे । उनले पाकालाई ढोग्ने, युवालाई अंकमाल गर्ने र महिलाहरुलाई नमस्कार गर्दै अघि बढे ।

क्षेत्र नम्बर पाँचका मतदाता षडानन्द कोइरालासँग उनको पुरानो गफ भयो । अर्थात् षडानन्दले थापाको बुबा र आफ्नो बुबा सोलुखुम्बुको भएको र पुरानो हितैसी सम्बन्ध रहेको भनेपछि उनीहरु गाउँको विषयमा गफिए । 

निर्वाचित गराउन भोट माग्दै हिँडेका थापाले भोट पाउने प्रतिबद्धता मात्रै व्यक्त गरेनन् । मतदाताका गुनासा पनि सुन्थे । बूढानीलकण्ठकै वडा नम्बर १ को सिमली गाउँका मतदाताले नेताहरु भोट पाएपछि आफ्ना घरमा नफर्किने बताए । 

थापा २–३ वटामात्रै रहेको ठाउँका घरका मतदाता भेट्न अघि बढे । थापाका समर्थकले बाटो त्यहाँ पुगिन्छ र भन्दै आपसमा गफ गरिरहेका थिए । 

gagan61667994832.jpg

छेउकै बारीमा काम गरिएका एक मतदाताले फ्याट्ट भने, “नेता आफैँ आउनुपर्याे नि त । अनि पो बाटो चिनिन्छ ।”

थापाप्रति भने उनको सम्मान नै देखिन्थ्यो । सँगै रहेका कार्यकर्ताले मुखामुख गरेपछि ती मतदाताले थपे, “गगन थापा जे होस् विकास गर्ने मान्छे हुन् ।”

उनी सोही क्षेत्रका रामबहादुर बुढा रहेछन् । नेकपा एमालेको पकड रहेको बूढानीलकण्ठ नगरका मतदाता बुढा पनि एमालेकै मतदाता रहेको आफै खुलाए । अब भने मत फेर्ने पक्षमा रहेको सुनाए । 

“म पञ्चायतकालदेखिकै मतदाता हुँ । एमालेलाई भोट हाल्दै आएको थिएँ । केपी ओलीले गरेको काम मन परेन,” बुढाथोकीले बाह्रखरीसँग भने, “ओली कुर्सीमा बसेर चाहिँदो नचाहिँदो भाषण गरेर काम गरेनन् । अब मत फेर्ने पक्षमा छु ।”

gagan51667994832.jpg

साँघुरो बाटोबाट करिब २ सय मिटर उकालो चढेपछि थापा दण्डप्रसाद घिमिरेको घरमा पुगे । उनकी श्रीमती डोलाकुमारी घिमिरे क्यान्सरबाट छुटकारा पाएसँगै पेटेको समस्याले पीडित भएको सुनाए । गगनले तुरुन्तै केही समस्या परे साथीहरुलाई खबर गर्न भनेपछि कसैले सम्पर्क गर्न भने । उनले तुरुन्तै ‘उहाँले हैन आफैँ आएर सम्पर्क गर्नू’ भन्दै आदेश दिए । 

पुरानै प्रतिष्पर्धी र गठबन्धनको संकल्प 

गगन चौथोपटक संसद् यात्रा गर्ने तयारीमा छन् । उनी ०६४ को समानुपातिक र ०७० को प्र्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य हुन् । ०७४ मा पनि उनले यहीँबाट निर्वाचन जितेका हुन् । 

गगनको यसपटक पनि चुनावी भिडन्त एमालेका राजन भट्टराईसहित अन्य उमेदवारसँग हुँदैछ । ०७४ को निर्वाचनमा राजन वाम गठबन्धनको सहयोगमा निर्वाचन लडेका थिए ।

अहिले समीकरण फेरिएको छ । एमाले पनि विभाजित अवस्थामा छ । माओवादी पनि कांग्रेस गठबन्धनमा छ । 

कांग्रेस महामन्त्री र एमाले पोलिट्ब्यूरो सदस्य भट्टराईबीच कडा प्रतिष्पर्धा हुने चर्चा उनको निर्वाचन क्षेत्रमा सुनिन्छ । 

अघिल्ला निर्वाचनका प्रतिष्पर्धीको भिडन्तले यस क्षेत्रलाई चासोका साथ हेरिएको पनि छ । भट्टराई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नजिक रहेर काम गरेका नेता हुन् ।

उनले यस क्षेत्रमा विकास गरेको भन्दै उनको पक्षमा पहिले भन्दा माहोल राम्रो भएको चर्चा पनि सो निर्वाचन क्षेत्रमा चलेको छ ।

गठबन्धनले काठमाडौं ४ का लागि संविधानको रक्षा, स्थिरता र समुन्नतिका लागि गठबन्धनमा रहेका दलहरुको प्रतिवद्धता पत्र पनि सार्वजनिक गरेको छ । 

gagan81667994835.jpg

क्षेत्र नम्बर ४ को २ का लागि बाँडिएको प्रतिवद्धता पत्रमा ९ बुँदा समावेश गरिएको छ । 

जसमा सडक पूर्वाधार विकास, धोविखोला करिडोर निर्माण र खानेपानी व्यवस्थापनको विषयलाई बुँदागत रुपमा राखिएको छ । 

यस्तै स्वास्थ्यमा सिटी अस्पताल निर्माणदेखि सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलगायत विषय छन् । 

gagan91667994837.jpg

प्रतिवद्धतापत्रमा शिक्षा, खहरे बाढी तथा डुवान नियन्त्रण, उद्यमशीलता र सामाजिक अभियान, संस्कृति र सम्पदा संरक्षण र खुल्ला क्षेत्र संरक्षण तथा पार्क निर्माण जस्ता प्रतिवद्धता जनाइएको छ । 

सबै तस्बिर थापाको फेसबुकबाट
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu