site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
सुनसरीमा निर्वाचन बहिष्कार र साना हतियारको ‘थ्रेट’ 
SkywellSkywell

इटहरी । सुनसरीमा ‘हेभीवेट’ नेताहरूको चुनावी प्रतिस्पर्धाले सुरक्षा चुनौती बढाएको छ । यहाँका चार संघीय र आठ प्रदेश निर्वाचन क्षेत्रमा एक बहालवाला मन्त्री, एक पूर्वउपप्रधानमन्त्री एक पूर्वमुख्यमन्त्री, तीन प्रदेशका मन्त्री र पार्टीका प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धामा छन् ।

‘भीआईपी’ र हेभीवेट नेताहरूको चुनावी प्रतिस्पर्धाले सुरक्षा चुनौती थप बढाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव बताउँछन् । “निर्वाचन आफैँमा संवेदनशील हुन्छ, त्यसमा पनि भीआईपीहरू बढी हुँदा सुरक्षा चासो बढी हुन्छ,” प्रजिअ यादवले भने ।

प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा)को दोस्रो वरीयताका नेता अशोक राई र सत्ता गठबन्धनका साझा उमेदवार मुक्साहाङ मेनाङ्वो (मुकेश)बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

Dabur Nepal
NIC Asia

सुनसरी–२ बाट पूर्वमुख्यमन्त्री भीम आचार्य र पूर्वराज्यमन्त्री सिताराम मेहतालगायत उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सुनसरी–३ मा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री भगवती चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

सुनसरी–४ बाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रदेश नम्बर–१ का पूर्ववन तथा वातावरणमन्त्री जगशीस कुसियैतलगायत उमेदवार प्रतिस्पर्धामा छन् ।

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यलयसहितका सुरक्षा निकायहरूले ३ र ४ नम्बर निर्वाचन क्षेत्रलाई सूक्ष्म निगरानी राखेको जनाएका छन् ।

निर्वाचन बहिष्कार र साना हतियार सुरक्षा ‘थ्रेट’ 
निर्वाचन बहिष्कार गर्ने समूहहरूलाई विशेष निगरानीमा राखेर अनुगमन सुरु गरिएको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।

प्रशासनका अनुसार सुनसरीमा निर्वाचन बहिष्कार गर्ने सात समूह छन् । उनीहरूको उपस्थिति निर्वाचनलाई प्रभाव पार्न सक्नेखालको नभए पनि हल्ला फैलाएर तनाव सिर्जना गर्न सक्ने प्रशासनको आकलन छ ।

निर्वाचन बहिष्कारमा लागेका राजनीतिक दलभन्दा पनि प्रशासनलाई साना हतियारको ‘थ्रेट’ छ । निर्वाचन नजिकिएपछि भारतसँग सीमा जोडिएका जिल्लामा अवैध रूपमा भित्रने साना हतियार नियन्त्रण प्रहरीका लागि चुनौती बनेको उनले बताए ।

सीमा सुरक्षाका आउँदो मंसिर १ देखि ४ गतेसम्म सीमानाका ‘सिल’ गर्ने निर्णय गरिएको प्रजिअ यादवले जानकारी दिए ।

मदिरा बिक्री–वितरणमा रोक 
निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय सुनसरीले अन्तिम मतपरिणाम घोषणा नभएसम्म मादकपदार्थ बिक्री–वितरण र सेवनमा रोक लगाएको छ ।

गएको सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोही दिनदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर मादकपदार्थको ओसारपसार, बिक्री–वितरण र सेवन कार्य निषेध गर्ने निर्णय गरेको प्रजिअ यादवले बताए ।

प्रहरी परिचालन 
निर्वाचनको सुरक्षाका लागि सुनसरीमा चार हजार ८३४ सुरक्षाकर्मी खटिनेछन् । नेपाल प्रहरीका एक हजार ५८१, सशस्त्र प्रहरी बलका ७३९, नेपाली सेनाका ४४०, म्यादी प्रहरी दुई हजार ४९५ र राष्ट्रिय अनुसन्धान विभागबाट १९ जना निर्वाचनको सुरक्षामा खटिने प्रजिअ इन्द्रदेव यादवले जानकारी दिए ।

सुनसरीमा १६६ मतदानस्थल, ५९१ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र कायम छ । समानुपातिकतर्फ मतदान गर्नका लागि दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu