site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ट्वान्टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा आज (बुधबार) पाकिस्तान र न्युजिल्यान्ड भिड्दै छन् । अस्ट्रेलियास्थित सिड्नी क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ०१ः४५ बजेदेखि सुरु हुनेछ । 

सुपर-१२ बाट न्युजिल्यान्ड समूह-१ को विजेता र पाकिस्तान समूह-२ को उपविजेता बन्दै सेमिफाइनलमा आएको हो ।

यो खेलको विजेताले भारत र इङ्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग नोभेम्बर १३ मा उपाधिका लागि खेल्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

पाकिस्तान र न्युजिल्यान्डबीच हालसम्म ट्वान्टी-२० क्रिकेटमा २८ अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा पाकिस्तान केही बलियो देखिन्छ । पाकिस्तानले २८ खेलमध्ये १७ खेल जित्दा न्युजिल्यान्डले ११ खेलको नतिजा आफ्नो पक्षमा पारेको छ । 

यस्तै, ट्वान्टी-२० विश्वकपमा यी दुई टिमबीच हालसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । यसमा पनि पाकिस्तान केही बलियो देखिन्छ । ६ मध्ये ४ खेल पाकिस्तानले जित्दा न्युजिल्यान्डले दुई खेल आफ्नो पक्षमा पारेको छ । 

Global Ime bank

न्युजिल्यान्डको सम्भावित टिम ः

डेविड कोन्वे, फिन एलन, केन विलियम्सन (कप्तान), ग्लेन फिलिप्स, डार्याल मिचेल, जेम्स निसम, मिचेल स्यान्टनर, ईश सोधी, टिम साउदी, ट्रेन्ट बोल्ट, लकी फर्गुसन ।

पाकिस्तानको सम्भावित टिम ः

बाबर आजम (कप्तान), मोहम्मद रिजवान, ह्यारिस मोहम्मद, सान मसुद, इफ्तिखर अहमेद, मोहम्मद नवाज, सदाब खान, साहिन साह अफ्रिदी, ह्यारिस रौफ, मोहम्मद वसिम, नसिम साह ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement