site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'ओलीतन्त्र'विरुद्ध लड्न गठबन्धन गरिएको हो : पूर्णबहादुर खड्का 
Tiktok banner adTiktok banner ad

सुर्खेत । नेपाली कांग्रेस उपसभापति तथा सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उमेदवार पूर्णबहादुर खड्काले 'ओलीतन्त्र'विरुद्ध लड्न वाम लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन् । 

मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उपसभापति खड्काले एमालेसँग हारको डरले नभएर केपी ओलीको प्रवृतिलाई पराजित गर्न गठबन्धन बनेको बताएका हुन् । 

उनले चुनावका लागि मात्र नभएर गठबन्धन चुनावपछि बन्ने संयुक्त सरकारसम्म पनि जारी रहने बताए । गठबन्धन विरोधी पार्टीले चुनावमा हार मानसिकताले बनेको गठबन्धन भन्ने हल्लाको पछि नलाग्न उनले आग्रह गरे ।

उनले गठबन्धन उमेदवारबारे मतदातामा परेको भ्रम चिर्न घरदैलोमा तीव्रता दिन नेता कार्यकर्तालाई निर्देशन दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  २३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro