site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
दुबइमा नेपथ्यको कार्यक्रम सम्पन्न
Sarbottam CementSarbottam Cement

दुबइ । अवसरको खोजीमा विदेशीएका नेपालीलाई उनीहरुको पहिचानसँग जोड्दै नेपथ्यको दुबइ कन्सर्ट सम्पन्न भएको छ ।

युनाइटेड अरब इमिरेट्स अन्तर्गत विश्वकै एक प्रमुख ब्यापारिक केन्द्र हो दुबइ । यो सहरभित्र विभिन्नखाले खेलकुद स्टेडियमहरु समेटेको विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मै आइतबार नेपथ्य तेश्रोपटक प्रस्तुत भएको थियो ।

अघिल्ला कन्सर्टहरुभन्दा थोरै बेग्लै यसपाला नेपथ्यले पहिलो गीत नै दर्शकलाई उफार्नेगरि 'हो रामा रामा' बाट सुरुगरेको थियो । यसरी प्रारम्भबाटै तीब्रता बोकेको सांगीतिक माहोलले गर्दा अरुबेला ‘आइस हकी’ खेलिने ‘कार्पेटले ढाकिएको बरफ मैदान’ सुरुदेखि तातिनपुग्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

खाडी राष्ट्रहरु नेपाली कामदारका निम्ति प्रमुख गन्तब्य बन्दैआएका हुन् । युएइले भने पछिल्लो समय नेपाली विद्यार्थीहरुलाई पनि आकर्षित गर्दैआएको छ । अमेरिकाको ‘न्यूयोर्क युनिभर्सिटी’ले एक दसकअघि स्थापना गरेको अबुधाबीस्थित विश्वविद्यालयमा पढ्दैआएका एक हुल विद्यार्थीहरु दुइ घन्टा लामो राजमार्ग यात्रा गरेर नेपथ्य अनुभवका लागि दुबइ आइपुगेका पनि भेटिए ।

‘हामी १७ जना साथीहरु समूह बनाएरै आएका छौं,’ अल नासेरको परिसर भित्र भेटिएका संयम लामिछाने भनिरहेका थिए, ‘इन्टरनेटबाट नेपथ्य आउने खबर पाउनासाथ संगीतमा रुची राख्ने साथीहरु यो यात्राको तयारीमा जुट्न सुरुगरेका थियौं ।’

Global Ime bank

संयम एक वर्षदेखि उक्त विश्वविद्यालयमा कम्प्युटर र गणितका विद्यार्थी हुन् ।

खाडी राष्ट्रका बारेमा ब्याप्त कतिपय धारणाहरुले दुबइ सहर आइपुगेपछि बेग्लै अवतार ग्रहण गर्छ । यहाँ कन्सर्टमा रमाउन आउने युवा युवतीको पहिरन र उन्मुक्तता कतिपय पश्चिमा मुलुकहरुसँग तुलना गर्न मिल्ने स्तरको देखिन्छ ।

यसरी यतैको वातावरणमा ढालिँदै गएका प्रत्येक फरक आकृतिहरुलाई झक्झक्याउने गरि गायक अमृत गुरुङले ‘तपाइहरुलाई तपाइँको देशको माया लाग्छ?’ भनेर सोध्दा भएभरका दर्शकहरु एकाकार भएर ‘लाग्छ’ भन्न छुटाउँदैन थिए ।

चौथो गीत अर्थात् ‘लामपाते सुरती’ गाउने बेलासम्म पनि हलमा दर्शकहरु आउने क्रम जारी थियो । यसरी प्रवेश गर्दैगरेका दर्शकहरु गेटैदेखि समुहमा नाच्दै भित्रिएको दृश्य रोचक देखिन्थ्यो ।

ब्यवस्थापन, प्राविधिक लगायत १४ जनाको टोली बोकेर दुबइ आइपुगेको ‘टिम नेपथ्य’ मध्ये मञ्चमा भने गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । नेपथ्य टोली कत्तिक २३ गते स्वदेश फर्कनेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय