site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्विटरको ‘ब्लू टिक’का लागि अब ८ डलर 
Ghorahi CementGhorahi Cement

काठमाडौं । ट्विटरले प्रयोगकर्ताहरूलाई 'ब्लू टिक भेरिफाइड स्टेटस' किन्न दिने योजनाहरू पुष्टि गरेको छ । 

एप्पल डिभाइसहरूको एक अपडेटमा, कम्पनीले यो सुविधा निश्चित देशहरूमा प्रयोगकर्ताहरूका लागि खुला हुने र ट्विटर ब्लू सर्भिस साइन अप गर्न प्रतिमहिना ७ दशमलव ९९ डलर लाग्ने बताएको छ । 

ट्विटरको प्लेटफर्म नक्कली खाताहरूले भरिएको चिन्ताका बीच गरिएको नीति परिवर्तन विवादस्पद भएको बीबीसीले उल्लेख गरेको छ ।

Agni Group

एलन मस्कले मस्कले हातमा लिएपछि शुक्रबार कम्पनीका करिब आधा कर्मचारीलाई ट्विटरले हटाएको थियो । यो त्यसकै निरन्तरता हो । 

यसअघि हाइ–प्रोफाइल, प्रभावशाली व्यक्तिहरू एवं संस्थाहरू ब्लू टिक उपलब्ध थियो । त्यसका लागि उनीहरूलाई आफ्नो पहिचान प्रमाणित गर्न भनिएको थियो । 

Global Ime bank

ब्लू टिकलाई प्राफाइल प्रामाणिक छ भन्ने संकेतको रूपमा प्रयोग गरिएको छ । र, यो प्रयोगकर्ताहरूलाई प्लेटफर्ममा भरपर्दो जानकारी पहिचान गर्न मद्दत गर्ने एक प्रमुख ‘टूल’ हो । 

नीति परिवर्तनले सरकारी व्यक्तित्व, सेलिब्रेटी, पत्रकार र ब्रान्डहरूलाई मासिक शुल्क तिर्न इच्छुक कुनै पनि प्रयोगकर्ताले नक्कल गर्न सक्ने चिन्ता बढाउन सक्छ । 

विश्वका सबैभन्दा धनी मस्कले गत महिना ४४ अर्ब डलरको सम्झौतामा फर्म खरिद गरेपछि ट्विटरको आम्दानमीमा विविधता ल्याउन खोजिरहेको देखिन्छ ।

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC