site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ज्ञवाली र भण्डारीबीच चौथो भिडन्त, को बन्ला सांसद ?
Sarbottam CementSarbottam Cement

बुटवल । एक नेताको राजनीतिक जीवनमा चुनावी एउटै प्रतिद्वन्द्वी कति पटकसम्म दोहोरिएलान् ? लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा दुई उमेदवार अहिलेसम्म चार पटकसम्म विपक्षीको रूपमा चुनावी मैदानमा छन् । गुल्मीको क्षेत्र नं. १ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी चौथोपटक चुनावी मैदानमा छन् । 

आफ्नो भाषणकलाको माध्यमबाट जनतालाई आकर्षित गर्न सक्ने छवि बनाएका दुवै नेता आफ्नो पार्टीमा मात्र होइन जनस्तरमै परिचित अनुहार हुन् । ज्ञवाली नेकपा एमालेको मुख्य निर्णयमा सहभागी हुने नेता हुन् भने भण्डारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको दोस्रो वरीयताका नेता हुन् ।

यो बिचमा तीन पटक निर्वाचन ज्ञवालीले जितेका छन् भने एक पटक निर्वाचन भण्डारीले जितेका छन् । २०६४ र ०७४ को निर्वाचनमा ज्ञवालीले जितेका थिए । २०६४ यता उनीहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दुईजनाको प्रतिस्पर्धामा २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने भण्डारीले बाजी मारेका थिए । १५ वर्षदेखि दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ ।

तर, लामो समय प्रतिस्पर्धामा रहेका यी नेताहरू एकले अर्कोलाई धेरै आलोचना गर्दैनन् । अनावश्यक आरोप पनि धेरै लगाउँदैनन् । चुनाव जित्दा एकले अर्कालाई सम्मान गर्ने शैली दुवैले बनाएका छन् । २०७० मा भण्डारी निर्वाचित हुँदा ज्ञवालीले खादा ओढाएर सम्मान गरेका थिए । २०७४ मा भण्डारीले ज्ञवालीलाई खादा ओढाएर सफल कार्यकालका लागि शुभकामना दिएका थिए । 

Global Ime bank

केन्द्रमा दुवैको राम्रो पहुँच
एमाले नेता ज्ञवाली अध्यक्ष केपी ओली निकटका नेता हुन् । पार्टीका महत्त्वपूर्ण निर्णयमा उनी ओलीसँगै हुन्छन् । यसअघि ओली प्रधानमन्त्री हुँदा परराष्ट्र मन्त्री रहेका ज्ञवाली पार्टी सञ्चालनमा मुख्य सहयोगीमध्ये पर्दछन् । उनको क्षेत्रमा पार्टीभित्र त्यति धेरै असन्तुष्टि देखिने गरी बाहिर आएका छैनन् । विगतमा दुई समूहको राजनीति हुँदा पनि उनको क्षेत्रमा फरक समूह धेरै बलियो थिएन ।

कांग्रेस नेता भण्डारी सभापति शेरबहादुर देउवाका खरो आलोचकका रूपमा परिचित छन् । गत वर्ष पार्टीको १४औँ महाधिवेशनमा भण्डारी देउवाको प्रतिस्पर्धी समूहबाट उपसभापतिको उमेदवार बनेका थिए । डा. शेखर कोइराला समूहबाट उपसभापतिको उमेदवार बनेका उनी पूर्णबहादुर खड्कासँग पराजित भएका थिए । 

भण्डारी यसपटक सत्ता गठबन्धनको साझा उमेदवार बनेका छन् । तर, एमालेको संगठन बलियो भएकाले दुई नेताबिच हारजितको बलियो प्रतिस्पर्धा हुने प्रस्ट देखिएको छ । २०७४ को निर्वाचनमा ज्ञवाली ७ हजारभन्दा बढी मतले विजयी भएका थिए । ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार २५६ मत पाएका थिए ।

अहिले कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा माओवादी केन्द्र, एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासमेत सामेल छन् । ती दलको मत भण्डारीलाई जाँदा चुनावी गणित भण्डारीको पक्षमा रहेको उनी पक्षको आंकलन छ ।

सांसद तथा मन्त्री हुँदा जिल्लाका लागि ज्ञवालीले गरेका विकासे अभियान उनका लागि बलियो आधार भएको एमाले नेताहरूको तर्क छ । 

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा गुल्मी–१ मा एमाले बलियो देखिन्छ । तर, गठबन्धनको मत एकै ठाउँमा जोड्दा ज्ञवालीलाई विरासत कायम राख्न चुनौती छ । एमालेले ३५ हजार ७०१ मत प्राप्त गर्दा कांग्रेसले ३१ हजार २९४ मत पाएको थियो । माओवादीले ४ हजार ९७० मत ल्याउँदा राष्ट्रिय जनमोर्चाले १ हजार ६०० र नेकपा एसले ४९७ मत प्राप्त गरेको थियो । 

सत्ता गठबन्धनको मत यो क्षेत्रमा ३८ हजार ३६१ छ, जुन एमालेको भन्दा २ हजार ६६० बढी हो । कांग्रेस नेताहरू यो तथ्यांकलाई केलाउँदै ज्ञवालीलाई पुनः सदन छिर्न नदिने रणनीतिमा छन् ।

स्थानीय तह निर्वाचनमा ज्ञवालीको आधार क्षेत्र मानिने रुरु गाउँपालिकामा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको, १२ स्थानीय तहमध्ये मध्ये तीनवटामा खुम्चिएको कारण ज्ञवालीलाई रोक्न सकिने तर्क कांग्रेस नेताहरूको तर्क छ । तर, एमाले नेताहरू भने आफ्नो पार्टीको बलियो संगठन नै जितको आधार भएको बताउँदै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC