site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'निर्वाचनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयार छ'
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

 

काठमाडाैं । आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको सरकारले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकूलताको सम्बन्धमा आकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो ।

बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव प्रदीपकुमार काेइरालाले निर्वाचनको दिन आउनसक्ने प्रकोपको सम्भावनालाई मध्यनजर गरेर सरकार तयारी अवस्थामा रहेको बताए ।

Global Ime bank

उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने र्‍यापिड रेस्पोन्स फोर्सलाई तयारी अवस्थामा राख्ने बताए ।सडक, खोला, नदी तथा तटबन्धमा हुने अवरोध तथा जोखिमलाई व्यवस्थापन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताए ।

सहसचिव काेइरालाले सम्भावित विपद्को आकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको स्पष्ट पारे ।

निर्वाचनको दिनसम्म सरकार सबै प्रकारको समस्या समाधान गर्न तयारी अवस्थामा रहने बताए ।

सहसचिव काेइरालाले जल तथा मौसम विज्ञान विभागले दिने पूर्वसूचनाको आधारमा मौसमी प्रतिकूलताका कारण आइपर्ने समस्या समाधानमा केन्द्रित हुने बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement