site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिमान राख्ने दाउमा कांग्रेसका जोशी, दोहोरिनेमा ढुक्क एमालेका गिरी

पोखरा । देशकै चौथो सानो जिल्ला र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतको राजनीतिक परिस्थिति ०७४ भन्दा विपरीत छ । त्यतिबेलाको वाम गठबन्धनको एक घटक र एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी अहिले कांग्रेससँग मिसिएर लोकतान्त्रिक वाम गठबन्धन बनेको छ ।

एउटा समानता चाहिँ के छ भने दुवै प्रतिष्पर्धी ०७४ कै हुन् ।

अघिल्लो निर्वाचनमा एकल रूपमा चुनावमा होमिएको कांग्रेसका अर्जुनप्रसाद जोशी एमाले माओवादीसहितको वाम गठबन्धनका उमेदवार पदम गिरीसँग १२ हजार ४५६ मतान्तरले पराजित भएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, अहिले परिस्थिति फेरिएको छ । स्थानीय चुनावमा पर्वतका सात पालिकामध्ये कुश्मा र फलेवास नगरपालिकासहित विहादी, पैयुँ र जलजला गाउँपालिका कांग्रेसले जितेको छ । मोदी र महाशिला गाउँपालिका एमालेले जितेको छ ।

गठबन्धनको आडमा जोशी ढुक्क

तत्कालीन सत्ता समीकरण उल्टिनु र चुनाव हारेपनि जनताकै माझमा निरन्तर गइरहेकाले आफ्नो जित सुनिश्चित भएको जोशी बताउँछन् । उनी यसपटक चौथो जितको खोजीमा हुनेछन् ।

चुनावी कार्यक्रममै व्यस्त रहेका उनले भने, “मुख्य कुरा त गठबन्धन नै हो । पर्वतको राजनीति भनेको कहिले १२/१५ सयले कांग्रेस त कहिले सोही मतले एमालेले जित्ने हो । चुनाव जित्नेमा म ढुक्क छु । मतदाताको प्रतिक्रिया पनि निकै सकारात्मक छ ।”

उनका प्रतिष्पर्धी गिरीले नै जोशीलाई ०७४ को चुनावमा ठुलो मतान्तरले हराएका थिए । अर्जुनप्रसाद जोशीको अविराम जितमा विराम लगाउने उनै गिरी थिए । अन्यथा ०५६ यताका कुनैपनि चुनावमा जोशीले पछाडि फर्केर हेर्नुपरेको छैन । यतिसम्म कि माओवादीको जगजगी रहेको पहिलो संविधानसभाको निर्वाचन ०६४ को चुनावमा पनि कांग्रेसका दिग्गज नेताहरू पराजित हुँदा जोशीले आफ्नो क्षेत्रमा दबदबा कायमै राखेका थिए ।

तर, संघीयतापछिको पहिलो चुनाव ०७४ मा पर्वतका दुई संविधानसभा क्षेत्र एउटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र बन्यो । उनकै सरकारले जारी गरेको संविधान र त्यसपछिको पहिलो चुनावमा चाहिँ जोशीको ह्याट्रिकपछिको चौथो जितलाई तत्कालीन वाम गठबन्धनले रोकेको थियो ।

अघिल्लो चुनावबारे जोशी भन्छन्, “अघिल्लो निर्वाचनमा एमालेले अपत्यारिला भएपनि आकर्षक मुद्दा ल्याएको थियो, हाम्रो (कांग्रेस) को अलि कमजोर देखिन्थ्यो । त्यसमाथि कांग्रेसलाई अनावश्यक आरोप पनि लगाइएका थिए ।ओलीले पानीजहाज, चुच्चे रेल, ग्यास, चुलो जस्ता नाटकीय एजेन्डा ल्याए । त्यसले गर्दा सोझा जनताले पत्याएर केही भोट थपिदिए । अनि गठबन्धन पनि थियो ।”

तर, त्यतिबेलाका 'अपत्यारिला एजेन्डा' झुटा भनेर जनताले पत्याइसकेको, संसद् विघटन गरेर देशलाई अस्थिर बनाएको तथा एमालेभित्रै पनि ठुलो विचलन र जनताले पनि देशको स्थायित्व र विकासका लागि कांग्रेससहितको गठबन्धन नै विकल्प भएको उनको दाबी छ । 

तीन कार्यकाल सांसद भइसकेका जोशी राजधानी छाडेर गाउँ गइरहने नेता भनेर पनि पर्वतमा चिनिन्छन् । सांसद निर्वाचित भएपनि प्राय जिल्ला र गाउँमा पुग्ने आफ्नो स्वभावलाई अघिल्लो निर्वाचनको पराजयपछि पनि निरन्तरता दिएको उनले बताए ।

कांग्रेसभित्र कोइराला खेमामा रहेका जोशीले १३ औँ महाधिवेशनदेखि समूह परिवर्तन गरेर देउवा क्याम्पमा लागेका थिए । उनी देउवाका विश्वासपात्रसमेत मानिन्छन् ।

गिरी पनि जित्नेमा विश्वस्त

जोशीको ह्याट्रिकमा रोक लगाउने एमालेका उमेदवार गिरी पनि मतदाता फकाउन घरदैलोमा व्यस्त छन् । उनी पनि आफू राम्रो मत पाएर चुनाव जित्नेमा विश्वस्त देखिन्छन् ।

“चुनाव राम्रो मतले जितिन्छ भन्ने विश्वास छ । पछिल्लो साढे तीन, चारवर्षमा पर्वतको विकासको लागि मैले खेलेका भूमिकाहरू, एमाले सरकारले गरेका राम्रा कामहरू र पछिल्लो समय सम्पूर्ण रूपले असफल भएको गठबन्धन सरकारका कारण मैले चुनाव जित्छु,” उनले भने । 

गठबन्धन सरकार पूर्णरूपमा असफल भएको र ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको बारेमा मतदाता खुसी रहेको र आफूले पनि त्यही आधारमा मत मागिरहेको उनी सुनाउँछन् । पर्वतमा पछिल्ला दुई दसकमा नभएका काम आफूले गरेको उनको दाबी छ ।

“गठबन्धनबाट देश बन्दोरहेनछ भन्ने पनि जनताले देखेका छन् । २०/२२ वर्षसम्म हुन नसकेका काम हामीले पछिल्लो ३/४ वर्षमा गरेका छौँ । जनताले त्यसको राम्रो मूल्यांकन गर्नुभएको छ,” उनले भने ।

चुनावी दौरानकै क्रममा एक टेलिभिजिन कार्यक्रमको लाइभ डिबेटमा एकजना मतदाताले 'पदम गिरीलाई मत नदिने, बरु मतपत्र नै खाली राख्ने' बताएका थिए ।

उक्त कार्यक्रममा सहभागी गिरीलाई उक्त प्रश्न सोध्दा 'ती व्यक्ति प्रायोजित र सिकाएर पठाइएका गठबन्धनका कार्यकर्ता रहेको' टिप्पणी गरे ।

“त्यो प्रायोजित कुरा हो । सिकाएर पठाएको मान्छे हुन् । धेरै मान्छेले राम्रो गर्नुभएको छ नि त्यही कार्यक्रममा,” उनले भने ।

उनी एमाल पर्वतको अध्यक्ष हुँदा पर्वतमा भएको ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले सातमध्ये चारवटा पालिका आफ्नो पक्षमा पारेको थियो । पर्वतमा एमालेलाई पहिलो बनाएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीलाई बधाई पनि दिएका थिए ।

त्यसपछि नै गिरीको संसदीय निर्वाचनको ढोका खुल्यो, चुनाव जिते र संसद विघटनदेखि अन्त्यसम्म ओलीकै पक्षमा रहिरहे । ओलीको विश्वासपात्र भएर काम गरेका गिरीले अहिले पनि ओली नेतृत्वका सरकारमा भएगरेका कामकै कारण आफूले चुनाव जितिने बताए ।

“पालिका गुमेपनि धेरै मतको अन्तर छैन । संसद्देखि गाउँसम्म मेरो भूमिका र सरकारले गरेका कामका कारण मलाई चुनाव जित्न गाह्रो छैन,” उनले भने ।

मतमा एमाले अगाडि

अहिले एमालेका गिरी एक्लै चुनाव लड्दैछन् भने कांग्रेसका जोशीलाई माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनको आड छ ।

गत स्थानीय तह चुनावमा पर्वतमा कांग्रेसले पाँचवटा पालिका जितेपनि जिल्लाभरिका ६१ मध्ये जम्मा २४ वटा वडामात्र जितेको थियो । वडाध्यक्षले पाएको मत हेर्दा चाहिँ गठबन्धन भन्दा एक्लो एमाले नै पर्वतमा बलियो देखिन्छ ।

दुई जनामध्ये जसले चुनाव जितेपनि एउटा रेकर्ड भने रहनेछ । जोशीले जितेमा पर्वतबाट चौथोपटक जित्ने उमेदवार बन्नेछन् भने गिरीले जितेमा प्रतिनिधिसभाका पछिल्ला दुवै निर्वाचन जित्नेमा उनको नाम आउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro