site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री देउवा धनगढीमा, मत माग्न डडेल्धुरा जाँदै

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् । हेलिकप्टरबाट आएका देउवा बुधबार अपराह्न ५ बजे धनगढी पुगेका हुन् ।

देउवा आज धनगढी ४ मा रहेको आफ्नै निवासमा बस्ने कार्यक्रम छ । भोलि मध्याह्न १२ बजे उनी डडेल्धुरामा हुने निर्वाचन कार्यक्रममा सहभागी हुन जाने तय भएको छ ।

बिहीबारदेखि चार दिन उनी गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचारमा हुने छन् । उनी कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका हुन् ।

आज धनगढीमा कांग्रेस र गठबन्धनका नेता कार्यकर्तालाई भेट्ने कार्यक्रम छ । कैलालीका विभिन्न असन्तुष्ट समूहहरूसँग भेट्ने र मिलाउने कार्यक्रम रहेको नेपाली कांग्रेस कैलालीका सचिव केशवराज मिश्रले जानकारी दिए । 

देउवाले लोकतान्त्रिक वामगठबन्धन डडेल्धुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने सभालाई सम्बोधन गर्ने तालिका छ । देउवा १७ गते डडेल्धुरा सदरमुकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुने छन् । १८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका, १९ गते अजयमेरू गाउँपालिका र भागेश्वर गाउँपालिका २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro