site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
भारतले दियो निर्वाचनका लागि २०० गाडी

काठमाडौं । भारत सरकारले आसन्न निर्वाचनका लागि नेपाल सरकारलाई उपहारस्वरूप सवारीसाधन प्रदान गरेको छ ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारका तर्फबाट २०० सवारीसाधन उपहारस्वरूप हस्तान्तरण गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा अर्थमन्त्री शर्माले सवारीसाधनलगायत विकास साझेदारीका रूपमा नेपाललाई निरन्तर सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिए । उनले निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउनुका साथै आर्थिक–सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

राजदूत श्रीवास्तवले भारतको सहयोगले नेपालको चुनावी कार्यक्रममा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आउँदा दिनमा पनि नेपाललाई भारतको निरन्तर सहयोग रहने उनले बताए ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका सवारीसाधन निर्वाचनका क्रममा प्रयोग गरिनेछ । तीमध्ये सुरक्षा निकायले १२० र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्