site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेतमै पुगेर भोट माग्दै उमेदवार 

सुर्खेत । कर्णाली प्रदेशका कृषकलाई यति बेला धानबाली भित्र्याउन र जोतखनको चटारो छ । उमेदवार पनि खेतमै पुगेर भोट माग्न थालेका छन् ।

अहिले कर्णालीका विभिन्न जिल्लामा उमेदवार खेतबारीमा पुगेर कृषकसँग भोट माग्दै गरेका दृश्य देखिन्छ । धान भित्र्याउने कामले दिनभर खेतबारीमा रहने कृषकसँग भेटघाट, परिचय र भोट माग्न उमेदवार खेतबारीमै पुग्ने गरेका हुन् । उमेदवार खेतबारीमै पुगेर भोट माग्नुपर्ने बाध्यताजस्तै बनेको छ ।

प्रदेशसभातर्फ सुर्खेत क्षेत्र नम्बर–१ ‘ख’बाट उमेदवार रहेका खड्कबहादुर पोखरेल मतदाता खेतमै भेटिने भएकाले भोट माग्न आफू त्यहीँ पुगेको बताउँछन् । “खेतबारीमा काम गर्दै गरेका कृषक तथा मतदातासँगै काममा सहयोग गर्दै मत माग्ने क्रम जारी छ,” उनले भने ।

उमेदवारले नागरिकका साना–साना समस्यालाई उठान र पूरा गर्ने वाचा समेत गरेका छन् । टोलबस्तीका समस्यालाई उमेदवारले प्राथमिकतामा राख्ने गरेका छन् ।

padfkmg1667115780.jpg

प्रदेशसभा सदस्य पदकै उमेदवार रहेका मुगुका गोपाल बमले कृषकका खेतबारीमै पुगेर सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका विषयमा छलफल हुने गरेको बताए । “आफू निर्वाचित भएर आए निर्वाचन क्षेत्रका ग्रामीण सडक कालोपत्र, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, कृषि पेसातर्फ युवालाई आकर्षित गर्नेलगायत गाउँमै रोजगारी सिर्जना हुनेखालका कार्यक्रमहरू ल्याउन प्राथामिकता दिन्छु,” उनले भने ।

त्यहाँ उमेदवारले मत माग्ने र विकासका विषयमा छलफल मात्र गर्दैनन्, धान भित्र्याउन र खेतबारी जोत्नमा सहयोग समेत गर्छन् ।

नेता–कार्यकर्तालाई खेतबारीमा मत माग्न हतार र बाध्यता भए पनि कृषकलाई भने उमेदवारप्रति खासै चासो र रुचि देखिँदैन । कृषक हरेक निर्वाचनमा उमेदवारका आश्वासन र सपनाबाट दिक्क देखिन्छन् ।

प्रदेशसभा सदस्यकै अर्का उमेदवार जाजरकोटका राजीवविक्रम शाहले कृषकमा उमेदवारको जस्तो निर्वाचनको चहलपहल नदेखिएको बताए ।

कर्णालीका १० जिल्लामा अहिले खेतबारीमा धान पाकेको देखिन्छ । कतैकतै तोरी खेती गर्न सुरु गरिएको छ । आकाशेखेतीमा भर पर्ने कृषकलाई धान भित्र्याएपछि खेतको बाँझो जोत्ने हतार समेत सुरु हुन्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro