site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
अवरुद्ध सडक निर्वाचनको समयमा खुलाउँदै स्थानीय सरकार  

सुर्खेत । दसैँको समयमा हप्तौँको वर्षात्पछि अवरुद्ध सडकहरु खुलाउन स्थानीय सरकार सक्रिय देखिएका छन् । वर्षात्पछिको पहिरोले ग्रामीण क्षेत्रमा अवरुद्ध स्थानीय सडकहरु खुलाउने काम अहिले स्थानीय वडा र पालिकाले सक्रियता देखाएका हुन् ।
 
चुनावभर सहज र नियमित आवतजावतका लागि पालिकाले आफ्नै डोजर र भाडाका डोजर प्रयोग गरी पहिरो पन्छाउँदै सडक सुचारु गरिएका हुन् । सुर्खेत भेरीगंगाको झिङ्गनी बजारदेखि लेकझिङ्गनी चिउरीगैरासम्म अविरल वर्षाका कारण अवरुद्ध सडक, छिन्चु डुङिखोला सडक तिहारको समयमा सुचारु भएको वडाध्यक्ष लालसिंह विसीले जानकारी दिए । 

गएको असोज १९ देखि २४ गतेसम्मको अविरल वर्षाले अवरुद्द भएको सुर्खेत गुर्भाकोट हुँदै सल्यान कालीमाटी जाने लेखबडाखोली–जुमखोला सडकखण्डमा खसेको पहिरो हटाएपछि आवतजावत सहज भएको छ । लेखबडाखोली हुँदै सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर ६ को जुमखोला जाने स्थानीय जनतालाई सहजको लागि पहिरो हटाएर सडक सुचारु भएको काटीमाटी ६ का वडाध्यक्ष टेकराज पुलामीले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वर्षापछि कालिमाटी भित्रको सडकखण्डमा एक सयभन्दा बढी ठाउँमा पहिरो खसेको थियो । वर्षाले गाउँ जाने सडक सञ्जाल विच्छेद भएर आवतजावतमा कठिनाइ भएपछि पालिकाले आफ्नै प्रयासमा सडक सुचारु गरिरहेको सल्यान बनगाड कुपिण्डेका दीपबहादुर खड्काले बताए । 

वडा र पालिकाको बजेट शीर्षकबाट अहिले उपभोक्ता समिति र ठेक्कामार्फत कर्णालीका स्थानीय पालिकाले सडकको पहिरो सफा गरी गाडीहरु गुड्न लायक बनाएका छन् । स्थानीय सडकमा अटोरिक्सा, मोटरसाइकल, ट्याक्टरलगायत सवारीसाधन गुड्न योग्य भएपछि निर्वाचनको अवधिमा प्रचार प्रसार र मत माग्न उमेदवारहरुलाई सहज भएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्