site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील

चितवन । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चितवनका १६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् ।

सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समिति चितवनले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ८९ मतदानस्थललाई संवेदनशील र ३९ मतदानस्थललाई सामान्यमा राखिएको छ । विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुन सक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उमेदवारलाई आधार बनाएर मतदानस्थललाई वर्गीकरण गरिएको उनले बताए ।

अतिसंवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको तामाङले बताए ।

सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गरिनेछ । जिल्लामा एक हजार २०० नेपाल प्रहरी र एक हजार ९९१ म्यादी प्रहरी खटिँदै छन् ।

जिल्लामा कुल १६२ मतदानस्थल छन् । जसमा ४६० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । यो वि.सं. २०७४ को निर्वाचनभन्दा १० हजार ६५७ जना बढी हो । मतदातामध्ये महिला दुई लाख नौ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्