site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयोगको विज्ञप्ति अदालतले गलत नठहर्‍याएसम्म सही : साइबर कानुनविज्ञ 

काठमाडौं । साइबर कानुनविज्ञ डा. श्रीकृष्ण भट्टराईले अदालतले गलत नठहर्‍याएसम्म निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति सही रहने बताएका छन् ।

कोही व्यक्तिलाई उक्त विज्ञप्ति नागरिकको अधिकारविरुद्ध छ भन्ने लागेमा अदालतमा मुद्दा दायर गर्न सकिने उनले बताए । अदालतको निर्णय नै लागु हुने उनले उल्लेख गरे ।

आयोगले यही कात्तिक ८ गते विज्ञप्ति जारी गर्दै ‘नो नट अगेन’का फेसबुक पेज र ग्रुपहरूबाट आसन्न निर्वाचनमा उमेदवार रहेका दलका नेताहरूका बारेमा लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृष्य सामग्री प्रकाशन गरिएको भन्दै कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म जेल सजाय हुन सक्ने जनाएको थियो । उक्त फेसबुक पेज र ग्रुपहरू तत्काल नहटाए कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको थियो ।

साइबर कानुनविज्ञ डा. भट्टराईले आयोगले सामाजिक सञ्जालबाट ‘हेट स्पिच’ हुने खालका, अर्को कुनै उमेदवारप्रति, पार्टीप्रति, पक्षप्रति लक्षित गरेर मानहानि हुने खालका र उनीहरूलाई असर पर्ने खालका पोस्ट गर्न नपाइने कुरा आचारसंहितामा उल्लेख गरिएको बताए । आचारसंहिता भनेको ‘क्वेसन अफ ल’ नभई ‘क्वेसन अफ मोरालिटी’ भएको उनको भनाइ छ ।

कोही व्यक्तिका कारण निर्वाचनमा सहभागीहरूलाई नकारात्मक असर गर्ने, भोट हाल्दा त्रास पैदा हुने किसिमका कुरालाई रोक्नका लागि आयोगले आचारसंहितामा यी विषयहरू राखेको उनले बताए ।

कोही व्यक्तिले त्यसप्रति असहमति प्रकट गरे अदालतमा जान पाउने अधिकार रहेको पनि उनले बताए । आयोगले आचारसंहिताका रूपमा ल्याइसकेको विषय एक प्रकारको कानुन नै भएकाले यो लागु हुने उनको भनाइ छ । अहिलेको अवस्थामा यसलाई नियन्त्रण गर्न खोजेको भनेर बुझ्न नहुनेमा उनले जोड दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro