site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
प्रतीकात्मक तस्बिर ।

खलंगा । दार्चुलाको शैल्यशिखर नगरपालिका–६, उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।

सदरमुकाम खलंगाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र०२००१त १४६७ नम्बरको ट्याक्टर आज दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिब १५० मिटर तल खसेको थियो । ट्याक्टरमा चारजना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवैजनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । घाइतेको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  २२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro