site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
व्यवसायीलाई अर्थमन्त्रीको सुझाव : बैंकलाई गाली गरेर तरलता अभाव हट्दैन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकलाई गाली गरेर तरलता समस्या समाधान नहुने बताएका छन् । 

अर्थमन्त्री शर्माले बिहीबार तरलता समस्या समाधान गर्नको लागि गभर्नर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्थमन्त्रीले बोलाएको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा तथा उपाध्यक्ष अन्जन श्रेष्ठ सहभागी थिए । 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा अनलराज भट्टराई तथा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल सहभागी थिए । 

Global Ime bank

बैठकमा व्यवसायीहरुले बैंकहरुले प्रिमियम बढाएको र व्यवसायीलाई समस्यामा पारेको भन्दै हस्तक्षेप गर्नुपर्ने बताएका थिए । 

अर्थमन्त्रीका प्रेस सल्लाहकार मनऋषि धितालले तरलता समस्या समाधानको लागि बैंकले व्यवसायीलाई र व्यवसायीले बैंकलाई गाली गरेर नहुने अर्थमन्त्री शर्माले बताएको जानकारी दिए । 

“मन्त्रीज्यूले तरलता समस्या समाधानको लागि सरकार, केन्द्रीय बैंक, निजी क्षेत्र तथा व्यवसायीले मिलेर काम गर्नुपर्ने कुरा व्यवसायीसँग राख्नु भएको छ,” धितालले भने, “तरलता समस्या समाधान गर्ने गरेर सरकारले काम गरिरहेको छ ।”

शर्माले व्यवसायी र बैंक फरक नभएको र दुवैले एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय