site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वसहकर्मी आमने–सामने : घनश्यामलाई पराईको भर, छविलाल जोडघटाउमा अगाडि
Sarbottam CementSarbottam Cement

बुटवल । आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले)भित्र छविलाल विश्वकर्मा र घनश्याम भुसालको नाम सिफारिस भयो । एमालेको रोजाइमा विश्वकर्मा परे । भुसालले पार्टी परित्याग गरी स्वतन्त्र उमेदवारी दिए ।

विश्वकर्माको राजनीतिक भूमि र भुसालको गृहनगर रहेकाले दुवैले यो क्षेत्रलाई आफ्नो प्रतिष्ठाको विषय बनाए । पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विश्वकर्मा आफैँ टिकट दिने ठाउँमा छन् । उनले यसअघि जितेको क्षेत्र छोड्न चाहेनन् । भुसालले ०५६ सालदेखि आफ्नो गृहनगर रहेको क्षेत्रबाट जनप्रतिनिधि बन्न प्रयास गरेका थिए । उनी पनि पछि हटेनन् ।

एमालेको क्षेत्रीय र जिल्ला कमिटीले दुवैको नाम सिफारिस गरेर पठाएको थियो । प्रदेश कमिटीले विश्वकर्माको एकल नाम केन्द्रमा पठाएपछि भुसाल बिच्किए । रुपन्देही–३ बाट समेत नाम सिफारिस भएकाले भुसाल सुरुमा चुप बसे । चुनावी तालमेलका क्रममा एमालेले रुपन्देही–३ राप्रपालाई छोड्यो । त्यसपछि आफूमाथि अन्याय भएको भन्दै उनले पार्टीले टिकट टुंग्याएकै एमाले त्यागेको घोषणा गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी त्यागेको भोलिपल्ट भुसालले सत्ता गठबन्धनको समर्थनमा रुपन्देही–१ बाट उमेदवार बन्ने घोषणा गरे । त्यससँगै उनी पूर्वसहकर्मी विश्वकर्माको प्रतिस्पर्धी बन्न पुगे । राष्ट्रिय राजनीतिमा प्रभावशाली र लामो समय एउटै दलमा रहेका दुई नेता दुई गठबन्धनबाट चुनावी मैदानमा ओर्लिए ।

एमाले नेता विश्वकर्मालाई राप्रपा र जसपाको साथ छ । भुसाललाई सत्ता गठबन्धनमा आबद्ध चार दल, बाबुराम भट्टराई नेतृत्वको नेसपा र लोसपाले साथ दिने भएका छन् । नम्र र मिजासिलो बोली तथा व्यवहारले परिचित विश्वकर्मा र मार्क्सवादी अध्येयताको परिचय बनाएका भुसालबीचको प्रतिस्पर्धातर्फ धेरैको ध्यान खिचिएको छ ।

Global Ime bank

०७४ सालमा विश्वकर्माले नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गरेका थिए । नेकपा (माओवादी केन्द्र)को सहयोगमा विश्वकर्मा ३४ हजार ७५२ मत ल्याएर निर्वाचित भएका थिए । रज्जाकले २६ हजार ८८५ मत पाएका थिए । ०७० सालको निर्वाचनमा भने अब्दुलले विश्वकर्मालाई नै हराएका थिए । अहिले उनै रज्जाक अहिले भुसाललाई समर्थन गरेर आफू प्रदेशसभामा झरेका छन् ।

सांगठनिक जनाधार बलियो रहेको, राप्रपा र जसपाको मत पनि राम्रो रहेको, तत्कालीन माओवादी नेता दधिराम न्यौपाने एमालेमै रहेर प्रदेशसभाको उमेदवार बनेको, गएको स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको, निर्वाचनको मुखमा भुसालले पार्टी छोडेको र उनी स्वतन्त्र उमेदवार भएकाले निर्वाचन जित्न विश्वकर्मालाई कुनै समस्या नरहेको उनी पक्षको जिकिर छ ।

तर, भुसालले लामो समय सो क्षेत्रमा काम गरेको, गृहनगर भएकाले धेरै पारिवारिक सम्बन्ध भएको, बौद्धिक नेता भएकाले तटस्थ मत तान्न सक्ने, ६ दलले समर्थन गरेको र एमालेभित्र विश्वकर्माविरोधी ठूलो समूहले साथ दिने आन्तरिक आश्वासन समेत दिएकाले सहजै जित्ने उनी पक्षको तर्क छ । सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसको बलियो क्षेत्र, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोसपा, नेसपा र राष्ट्रिय जनमोर्चाको साथले जित हासिल गर्न सकिने उनीनिकट व्यक्तिहरू बताउँछन् ।

यद्यपि, भुसालका लागि यो क्षेत्र सहज भने छैन । सत्ता गठबन्धनमा रुपन्देही–१ माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रले आफ्नो तर्फबाट उमेदवारी नदिएर भुसाललाई समर्थन गरेपछि त्यो पार्टीभित्र असन्तुष्टि बढेको छ । माओवादी केन्द्रबाट नेता लेखनाथ न्यौपाने, मकसुद अली, शिव धवललगायत आकांक्षी थिए ।

भुसालले ‘माओवादीको चुनाव चिह्नबाट लड्दिनँ’ भन्नु र पार्टी नेतृत्वले माओवादीमा उमेदवारै नभएजस्तो गरी उनलाई उमेदवार बनाउने निर्णय गरेपछि भुसालको पक्षमा भोट माग्ने जाँगर हराएको माओवादी केन्द्रका नेता धवल बताउँछन् ।

गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत परिणामका आधारमा भुसाललाई रुपन्देही–१ मा जित्न कठिन देखिन्छ । रुपन्देही–१ मा देवदह नगरपालिकासहित रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाका वडा नम्बर–७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाका वडा नम्बर–१, ३, ४, ५ र ६ पर्छन् ।

गएको स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसका वडाध्यक्षका उमेदवारले ३२ हजार ९९९, एमालेका वडाध्यक्षका उमेदवारले ३० हजार ३९४ मत पाएका थिए ।

यस्तै, राप्रपाका वडाध्यक्षका उमेदवारले १४ हजार ५५२, जसपाका वडाध्यक्षका उमेदवारले ६ हजार ६९५, माओवादी केन्द्रका वडाध्यक्षका उमेदवारले चार हजार २०२, एकीकृत समाजवादीका वडाध्यक्षका उमेदवारले एक हजार २४३ र लोसपाका वडाध्यक्षका उमेदवारले ३२५ मत पाएका थिए ।

यस आधारमा एमाले, राप्रपा र जसपा गठबन्धनको मत ५१ हजार ६४१ हुन्छ । सत्ता गठबन्धनको मत ३८ हजार ७६९ मत हुन आउँछ । यस हिसाबले विश्वकर्माभन्दा भुसाल १२ हजार बढी मतले पछाडि देखिन्छन् ।

तर, एमाले देवदह नगरका अध्यक्ष टीकाराम चापागाईंले पार्टी परित्याग गरी स्वतन्त्र उमेदवारी दिएका छन् । उनले एमालेको केही मत काट्ने अनुमान गरिएको छ । त्यसो त सत्ता गठबन्धनको सबै मत पाउन भुसाललाई पनि कठिन देखिन्छ ।

विश्वकर्मा आफ्नो जित पक्का हुने जिकिर गर्छन् । भुसाल पनि आफ्ना लागि रुपन्देही–१ नै बढी सम्भावनाको क्षेत्र भएको र सत्ता गठबन्धनको समर्थन रहेकाले विजयी हुने बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC