site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आबे हत्याकाण्डलाई लिएर चर्चमाथि छानबिन गर्न जापानी प्रधानमन्त्रीकाे आदेश 
Sarbottam CementSarbottam Cement

टाेक्याे । जापानी प्रधानमन्त्रीले फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि छानबिन गर्न आदेश दिएका छन् ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि एउटा धार्मिक समूहप्रति अनुसन्धानको ध्यान आकर्षण भएको हो । 

घरेलु बन्दुकबाट गोली हानेर आबेको हत्या गरेका जापानी युवकले सो चर्चले आफ्नी आमालाई कंगाल बनाएको आरोप लगाउनुका साथै यस कार्यमा आबेको पनि हात रहेको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

थुप्रै साता लगाएर गरिएको एक अध्ययनले यस धार्मिक सम्प्रदायको थुप्रै सरकारी विधायकहरूसँग सम्बन्ध रहेको देखाएको छ । उक्त सम्बन्धका लागि हत्याकाण्डलाई लिएर प्रधानमन्त्री किसिदा सार्वजनिक रूपमै क्षमायाचना गर्न बाध्य भएका थिए ।

किसिदाले सोमबार अनुसन्धानको आदेश दिँदै भनेका छन्, "मैले परिवारहरूलाई बरबाद गरेको र अनुयायीहरूलाई पैसाका लागि शोषण गरिएको भन्ने जस्ता यस चर्चमाथि लागेका आरोपहरूलाई गम्भीरतापूर्वक लिएको छु ।"

Global Ime bank

चर्चले यसअघि आबेको हत्यालाई लिएर आफूलाई अनावश्यक रूपमा मुछिएको भन्दै भत्सर्ना गरेको थियो ।

यस चर्चका थुप्रै पूर्वअनुयायीहरूले चर्चविरुद्ध मुद्दा दायर गरेका छन् । 

राजनीतिक विशलेषकहरूले भने किसिदाले जनविश्वास फिर्ता ल्याउने उद्देश्यले अनुसन्धानका लागि आदेश दिएको बताएका छन् ।

बीबीसीबाट । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement