site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एक हजार ४०७ चालकमाथि कारबाही
Sarbottam CementSarbottam Cement

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ४०७ चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । जसमा नम्बरप्लेट स्पष्ट नराख्ने ४४६ र मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् ।

काठमाडौं उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने १५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो आवाज निकाल्ने दुई  मोटरसाइकलका चालकलाई कारबाहीमा गरिएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ७८८ चालक पनि कारबाहीमा परेका प्रहरीले जानकारी दिएको छ । स्पष्टरूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बरप्लेट नराख्ने सवारीसाधनको जाँच अभियानलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान थालेको छ ।

नम्बरप्लेट स्पष्ट नराखी सवारीसाधन चलाउँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसारको कसूर हुनुका साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने प्रहरीले जनाएको छ । कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरूपमा देखिने र बुझिने गरी मापदण्डअनुसारको नम्बरप्लेट बनाएर सवारीसाधनको अगाडि र पछाडि राख्न अनुरोध गरेका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय