site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
इष्टर्न हाइड्रोपावरको आईपीओ बिक्री खुला
Sarbottam CementSarbottam Cement

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको  छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो ।  

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता शेयर सर्वसाधारणमा बिक्री सुरु गरेको हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । १३ हजार ४०६ कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । यसबाहेक बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयर सार्वजनिक निष्कासन गरिएको हो ।  

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । छिटोमा कात्तिक १ गतेसम्म बिक्री खुला हुनेछ । उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरे ढिलोमा कात्तिक १४ गतेसम्म किक्री लम्बिनेछ । 

Global Ime bank

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिंगस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ ।

कम्पनीले भोजपुरमा ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । २०७६ जेठ २७ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement