site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थमन्त्री शर्मा भन्छन्– देशको समृद्धी हाइड्रोजन उत्पादन र बिक्रीमा छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका हुन् । 

उनले जलवायु परिवर्तनका कारण विभिन्न असर देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने बताए । उनले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउनसक्नेमा उनको जोड छ । “हामीले नेपालबाट अब विद्युत् बिक्री गर्नुपर्दैन । अब हाइड्रोजन बिक्री गरे पुग्छ । एमोनिया बिक्री गरे पुग्छ । त्यसकारणले विद्युत् पीपीए गर्न नपर्ने कुरा अब केही छैन,” उनले भने, “विद्युत् उत्पादन गर्नमा हामीले अब क्यु फोर्टी, सिक्स्टी भन्नुपर्ने अवस्था पनि छैन । भएको पानीको सबै सदुपयोग गरेर विद्युत उत्पादन गर्नसक्यो भने र त्यसबाट हामीले हाइड्रोजन, एमोनिया बनाएर विश्वबजारमा प्रतिष्पर्धी भएर हामीले पुर्याउन सक्यौँ भने नेपालको समृद्धी त्यहीँ छ ।”

पेट्रोलियम पदार्थको विकल्पको रुपमा हाइड्रोजनलाई प्रयोगगरी आफैँलाई मात्र प्रयोग गर्नसके पनि नेपालको व्यापार सन्तुलनमा आउने अवस्था रहेको उनको भनाइ छ । 

Global Ime bank

मन्त्री शर्माले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने दृष्टिकोणले निकै नै महत्वपूर्ण रहेको बताए । यसमार्फत नेपाललाई विश्वबजारमा पहुँच वृद्धि गर्न र लगानी भित्राउन पनि सकिने उनले स्पष्ट पारे । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement