site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बालुवाटार र बालकोट दुवैतिर बार्गेनिङ गर्दै जसपा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारी दर्ताको मिति नजिकँदा पनि दलहरूले सिटबाँडफाँडको टुंगो लगाउन सकेका छैनन् । सत्तरूढ दल जनता समाजवादी पार्टी (जसपा) गठबन्धन र प्रतिपक्षी नेकपा (एमाले)सँग समानान्तर वार्ता गरिरहेको छ । 

बालुवाटारमा दलका नेताहरूलाई छाडेर जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार एमाले नेता रघुवीर महासेठ निवास भैँसेपाटीमा पुगेका थिए । आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर तालमेलको सहमति भइरहेको नेताहरू बताउँछन् । जसपा गठबन्धनसँग पनि संवादमा रहेको एमाले नेताहरूको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एमाले स्थायी कमिटी सदस्य प्रभु साह जसपा तालमेलबारे दुवैतिर बार्गेनिङमा रहेको बताउँछन् । 

“उहाँहरू अझै बालुवाटरसँग पनि बार्गेनिङ गर्दै हुनुहुन्छ । हामीसँग पनि संवाद गरिरहनुभएको छ,” उनले बाह्रखरीसँग भने । 

Global Ime bank

त्यस्तै, एमाले नेता राजन भट्टराई पनि जसपा गठबन्धनसँग सम्पर्कमा रहेको आशंका गर्छन् । 

“जसपासँग सहमति भइसकेको छैन । बालुवाटारसँग पनि सम्पर्कमा हुनुहुन्छ भन्ने लाग्छ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement