site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूपन्देहीमा विष्णु पौडेललाई गठबन्धनको डर, श्रीमतीलाई समानुपातिकमा राखेपछि खाँणसँग कांग्रेस नै रूष्ट 
Tiktok banner adTiktok banner ad

बुटवल । मंसिर ४ का लागि तय गरिएको संसदीय निर्वाचन नजिकिँदै छ । राजनीतिक दलहरूले उमेदवारको अन्तिम टुंगो अझै लगाउन सकेका छैनन् । तर, नेताहरूले घरदैलो अभियान थालिसकेका छन् ।

यसै क्रममा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण र नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल डेरा जमाएरै रूपन्देहीमा बस्न थालिसकेका छन् ।

बालकृष्ण खाँण

खाँण आजभोलि हप्तामा कम्तीमा पाँच दिन रूपन्देहीमा बिताउन थालेका छन् । रूपन्देहीमा हुने गरेका प्राय कार्यक्रममा उपस्थिति जनाइरहेका छन् । निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि भने उनी सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।

रूपन्देही क्षेत्र नम्बर ३ बाट एकल रूपमा सिफारिस भएका खाँण क्षेत्र नम्बर २ बाट पनि सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट उनीसहित चारजना सिफारिस भएका छन् । 

रूपन्देही ३ एमाले नेता घनश्याम भुसाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक बोहोराको पनि क्षेत्र हो । त्यस कारण उनी बढी सक्रिय बनेका छन् । खाँणले निर्वाचनलक्षित सम्पर्क कार्यालय नै सुरु गरिसकेका छन् । 

यसपटक रूपन्देहीमा खाँणलाई चुनाव जित्न सहज छैन । ०७४ मा समानुपातिक सांसद बनेका खाँणलाई यसपटक चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । 

पाँच दलीय गठबन्धन भए पनि श्रीमतीको कारण उनलाई केही चुनौती हुने देखिन्छ । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणकी धर्मपत्नी मञ्जु खाँणलाई समानुपातिकतर्फको बन्दसूचीको ९ नम्बरमा राखिएको छ । समाचार तयार पार्दासम्म मञ्जुको नाम ९ नम्बरमै रहेको छ । जसलाई लिएर खाँणकै कार्यकर्ताहरू असन्तुष्ट बनेका छन् । ०७४ मा आफू समानुपातिक सांसद बनेको र यसपटक आफूसहित श्रीमतीलाई पनि अघि सारेपछि कार्यकर्ताहरू असन्तुष्ट बनेका हुन् । अर्थात् उनकी श्रीमती मञ्जुको नाम फिर्ता हुनुपर्ने कार्यकर्ताहरूको माग छ ।

अन्यथा आफ्नै कार्यकर्ताबाट असहयोग भएमा खाँणलाई संकट पर्ने देखिन्छ । 

अर्कोतिर एमाले र राप्रपाबिच तालमेलको सम्भावना छ । तालमेल भएमा उनीमाथि थप चुनौती बढ्ने नेताहरू बताउँछन् ।

तर, पाँच दलीय गठबन्धनमा तलमाथि नभएमा रूपन्देही ३ मा खाँण सुरक्षित देखिन्छन् । स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्ने हो भने बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सुद्धोधनलगायतका पालिकामा कांग्रेस विजयी भएको छ । जसले गर्दा उनी सुरक्षित देखिन्छन् । 

बुटवल ३ मा एमाले नेता भुसाल र खाँणबिच प्रतिष्पर्धा हुने करिब निश्चितजस्तै छ ।

विष्णु पौडेल 

संसद् अन्त्य भएसँगै एमाले उपाध्यक्ष पौडेल दैनिकजसो रूपन्देहीका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । रूपन्देही २ बाट एकल सिफारिस भएका पौडेल चौथोपटक सांसद बन्ने दौडमा छन् । 

पौडेल ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर रूपन्देही २ बाट निर्वाचित हुँदै आएका छन् ।पौडेलले ०६४ मा माओवादीका भक्ति पाण्डे, ०७० मा डा. बाबुराम भट्टराई र ०७४ मा कांग्रेसका कांग्रेसका युवराज गिरीलाई हराएका थिए ।

एमालेका नेताहरू रूपन्देहीलाई विकासको 'रोलमोडल' जिल्ला बनाउने उद्घोष गरेका पौडेलले विकासप्रेमी नेताको रूपमा आफ्नो पहिचान बनाएको बताउँछन् । पौडेलको रूपन्देहीमा आफ्नो घर भने छैन । उनी निर्वाचनका लागि यस क्षेत्रमा आउँदा भाडामा घर लिएर सचिवालयदेखि सबै कामहरू गर्दै आएका छन् ।

यस वर्ष पनि पौडेलले बुटवल ११ कालिकानगरमा असोज ३ गते घर भाडामा लिएर निर्वाचनका गतिविधि थालिसकेका छन् । अघिल्लोपटक वाम गठबन्धनको सहयोगमा निकै सहज जित निकालेका पौडेललाई यसपटक भने पाँच दलीय गठबन्धनको सामना गर्नुपर्नेछ ।

नेता पौडेलका लागि यसपटक आफ्नै पूर्वसहकर्मीहरू नै बाधक हुने देखिएका छन् । ०७४ सालको जितमा पौडेलसँग विजयोत्सव मनाएकाहरू नै यसपटक तगारो बन्नेछन् । ०७४ मा एमाले र माओवादीबीच गठबन्धन बनेको थियो । अहिले एमालेसमेत विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेको छ । जसकारण आफ्नै पूर्व नेता र कार्यकर्ताहरू यसपटक पौडेलका लागि पर्खाल बन्ने देखिन्छ ।

पौडेल अहिले चुनावलक्षित विभिन्न कार्यक्रममा सहभागी बनिरहेका छन् । उनी फरक राजनीतिक विचारधारा भएका व्यक्तिहरूसमक्ष पनि पुगिरहेका छन् ।

एमाले निकट मानिने एकजना विश्लेषक पौडेलमा यसपटक डर देखिएको बताउँछन् । "निवाचन हो । पाँच दलीय गठबन्धन पनि छ । पौडेलजीको क्षेत्र पर्ने स्थानीय तहमा कांग्रेससहितको गठबन्धनले जितेको छ । यसले डर त पक्कै लागेको छ । यही डरले त हो यति सहज बनेको," ती विश्लेषकले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro