site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अञ्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको सहज जित
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । अञ्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले मंगलबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ३–१ को विजय हासिल गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले १८ औँ मिनेटमा अञ्जनको गोलबाट अग्रता लिएको थियो । बंगलादेशका हेमन्त विनसेन्ट विश्वासले अञ्जनलाई फाउल गरेपछि नेपालले फ्रीकिक पाएको थियो । दायाँ कर्नर नजिकबाट विमल घर्तीमगरले हानेको फ्रीकिकमा अञ्जनले हेडमार्फत पोस्टको दिशा दिएका हुन् । 

Nepal vs Bangaldesh1664285589.jpg

Dabur Nepal
NIC Asia

२७ औँ मिनेटमा अञ्जनले नेपालको अग्रता दोब्बर बनाए । विमलको पासमा तेज तामाङले हानेको प्रहार बंगलादेशका गोलकिपर अनिसुर रहमानले पन्च गरेर बचाएका थिए । रिबाउन्ड प्राप्त बललाई पेनाल्टी क्षेत्रमा अनमार्क रहेका अञ्जनले सहजै पोस्टको दिशा दिए । 

३८ औँ मिनेटमा अञ्जनले ह्याट्रिक पूरा गरे । तुतुल होसैन बादशाले विमललाई फाउल गरेपछि नेपालले फ्रीकिक पाएको थियो । विशाल राईको फ्रीकिकलाई अञ्जनले हेडमाफर्त पोस्टको दिशा दिएका हुन् । 

Anjan Bista1664285221.jpg

राष्ट्रिय टिममा अञ्जनको यो पहिलो ह्याट्रिक हो । नेपालबाट ह्याट्रिक पूरा गर्ने अञ्जन छैटौँ खेलाडी हुन् । यससँगै अञ्जनको अन्तर्राष्ट्रिय गोल १० पुगेको छ । यसअघि नेपालबाट गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास, नवयुग श्रेष्ठले पनि ह्याट्रिक गरेका थिए । पछिल्लो पटक नवयुगले २०१६ मा माल्दिभ्सविरुद्ध बंगबन्धु गोल्डकपमा ह्याट्रिक गरेका थिए । 

Anjan Bista 11664285221.jpg

अब्दुल्लाह अल्मुताइरीले टिम छाडेपछि नेपालको यो पहिलो खेल हो । अल्मुताइरीले टिममा रहेका १० खेलाडीलाई टिमबाट बाहिर राखेका थिए । कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले सबै खेलाडीलाई टिममा समावेश गरेका थिए । मैदानमा खेलाडीमा गर्नुपर्छ भन्ने ‘इख’ देखिएको थियो । नेपालले कुनै पनि समय बंगलादेशलाई खुलेर खेल्न दिएका थिएन । 

५५ औँ मिनेटमा सज्जाद होसैनले गरेको गोलबाट बंगलादेशले पुनरागमनको प्रयास गरेको थियो । रिकब होसैनले दायाँ भागबाट गरेको क्रस सेसेहाङ राईले क्लियर गर्ने प्रयास गरेका थिए । तर, राम्रो क्लियर नहुँदा पाएको बललाई सज्जाद होसैनले हेडमार्फत गोल गरेका हुन् । बंगलादेशका कप्तान जमल भुयानले १७ औँ मिनेटमा हानेको फ्रीकिक क्रसबारमा लागेर आकाशिएको थियो । 

Anjan Bista1664282288.jpg

नेपालका फरवार्ड रितिक खड्का र आशिष चौधरीले मंगलबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका छन् । रितिक ८४ औँ मिनेटमा सेसेहाङ आङदेम्बेको स्थानमा मैदान प्रवेश गरेका थिए भने आशिष विमल घर्तीमगरको स्थानमा मैदान छिरेका हुन् । दुवैजना पहिलोपटक राष्ट्रिय टिममा परेका थिए । 

Nepali Football1664280722.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro