site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीच मर्जर सम्झौता भएको छ । सोमबार एक कार्यक्रम आयोजना गरी दुई बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । मर्जरसम्बन्धी सम्झौतामा एनसीसीका तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका तर्फबाट मर्जर कमिटी संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

सेयर स्वाप रेसियो भने १ः१ (एक बैंकको १ कित्ता सेयर बराबर अर्को बैंकको पनि १ कित्ता नै सेयर) हुने गरी गाभिने सहमति भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । बैंकको निक्षेप तीन खर्ब ११ अर्ब ३४ करोड रुपैयाँ निक्षेप हुनेछ । कर्जा लगानी २ खर्ब ७४ अर्ब ५५ करोड पुग्नेछ । जगेडा कोषमा भएको रकमलगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ ।

एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजनासमेत ल्याइनेछ । अहिले एनसीसीमा १ हजार ६०० कर्मचारी छन् भने कुमारीमा १ हजार ९०० कर्मचारी छन् । बैंकको शाखा संख्या ३५५ पुग्ने बताइएको छ ।

Global Ime bank

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल हुने र कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनेछन् । बैंकको नाम भने कुमारी बैंक नै रहने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  २२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement