site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्व विजेता फ्रान्स हारका बाबजुद रेलिगेसनबाट जोगियो, फाइनल पुग्यो क्रोएसिया
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व विजेता फ्रान्स गएराति डेनमार्कसँग पराजित भए पनि यूईएफए नेसन्स लिग ‘ए’मै रहन सफल भएको छ । क्रोएसियाले अष्ट्रियालाई ३–१ ले हराइदिएपछि फ्रान्स रेलिगेसन टार्न सफल भएको हो । 

घरेलु टोली डेनमार्कले ३४ औँ मिनेटमा कास्पर डोलबर्गको गोलबाट अग्रता लिएको थियो । त्यसको पाँच मिनेटमै आन्द्रेस स्कोभ ओल्सेनले डेनमार्कको अग्रता दोब्बर बनाए । पहिलो हाफमा गरको त्यही दुई गोल डेनमार्कको जितलाई पर्याप्त बन्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

जितका बाबजुद डेनमार्क फाइनलमा स्थान बनाउन असफल भयो । डेनमार्क १२ अंकका साथ समूह–१ को दोस्रो स्थानमा रह्यो । यस समूहबाट क्रोएसियाले फाइनलमा स्थान बनाएको छ । अष्ट्रिया रेलिगेसनमा परेको छ । फ्रान्स अष्ट्रियाभन्दा एक अंकले मात्र अगाडि रह्यो । 

Global Ime bank

क्रोएसियाले गएराति लुका मोड्रिचको गोलबाट छैटौँ मिनेटमा अग्रता लिएको थियो । नवौँ मिनेटमा क्रिष्टोफर बौमगार्टनरले बराबरी गोल फर्र्काए । ६९ औँ मिनेटमा मार्को लिभाजाको गोलबाट क्रोएसियाले पुनः अग्रता लियो । ७२ औँ मिनेटमा डेजान लोभरेनले अर्को गोल थपेपछि क्रोएसियाको जित पक्का भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय